लंका प्रिमियर लिग २०२१ चार महिना सर्यो

श्रीलंका क्रिकेट बोर्डले लंका प्रिमियर लिगको २०२१ सिजन चार महिना पछि सारेको छ।

श्रीलंका बोर्डले शुक्रबार बिज्ञप्ति जारि गर्दै जुलाई ३० देखि अगस्ट २२ तारिखसम्म महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय स्टेडियममा हुने घोषणा  गरिएको सिरिज अब नोभेम्बर १९ देखि डिसेम्बर १२ तारिखसम्म आयोजना हुने बताएको छ।

लिग सार्नुको पछाडी बिभिन्न देशका खेलाडीहरु उपलब्ध नहुनु बोर्डले बताएको छ।

“बिभिन्न देशका खेलाडीहरुको सहभागिता रहने गरि लंका प्रिमियर लिगको दोश्रो सिजन सारिएको छ। अगस्ट २०२१ मा बिभिन्न अन्तर्राष्ट्रिय टुर तथा अर्को लिग समेत संचालन हुने हुँदा सार्ने निर्णय गरिएको हो।” बिज्ञप्तिमा बताईएको छ।


सिरिज सर्नुको पछाडीको कारण विदेशी खेलाडीहरु उपलब्ध नहुनु बाहेक अन्य पनि रहेको छ। श्रीलंकाकै खेलाडीहरुले समेत बोर्डको अनुबन्ध केन्द्रिय अनुबन्ध अस्वीकार गरिरहेको अवस्था रहेको छ जसले भारत बिरुद्ध सिरिजको लागि मात्र अनुबन्ध गरेका छन्।

यस बाहेक लिगमा सहभागी रहेको तिन वटा टिमको कन्ट्रयाक्ट रद्द हुनु पनि अर्को कारण हो। त्यसको स्थानमा अन्य टिमहरुले मान्यता पाएका छैनन्। क्रिक्बजले दावी गरे अनुसार तिन वटा नयाँ टिमहरुको केवाईसीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी ) ले स्वीकृत गरिसकेको छैन।

यस्तै श्रीलंकामा कोभिड-१९ केसहरु पछिल्लो साता बढ्नु पनि अर्को कारण रहेको छ। जुलाई ८ तारिख मा श्रीलंकामा १,२७० नयाँ कोभिड-१९ केस देखिएको थियो भने ४० जनाले एकै दिन ज्यान गुमाएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy