धनगढी मेयर एलपीएल–६ : हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी

धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र विद्याभुषण पब्लिक स्कुल गेट विजयी भएका छन्।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । हिमालयनले आफ्नो पहिलो खेलमै एभरेस्टलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । १ सय ९२ रनको विजयी लक्ष पछ्याएको एभरेस्टले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो । एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । हिमालयनको बलिङ तर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतिस यादवले २/२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १÷१ विकेट लिए ।

पहिलो इनिङमा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको शानदार पारी खेले । त्यस्तै टिमका लागि दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे । वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले ।

एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३/३ विकेट लिए । हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्यो । खेलको प्लेयर अफ दी म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए ।

आजै भएको दोस्रो खेलमा विद्याभुषण पब्लिक स्कुलले लम्कीको गुरुकुल स्कुलमाथि ६ विकेटको जित निकालेको छ ।

<img src=”https://khelnepal.com/wp-content/uploads/2022/02/MG_2033-2.jpg” alt=”” width=”800″ height=”441″ class=”alignnone size-full wp-image-19173″ />

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुल एकेडेमी लम्कीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । १ सय ४१ रनको विजयी लक्ष पछ्याएको विद्याभुषणले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो । विद्याभुषणका लागि नरेन साउँदले ७ छक्काको मद्दतले ३२ बलमा सर्वाधिक ५६ रन बनाए । उसका वीरेन्द्र नाथले २९, प्रदीप चन्दले २० रन बनाएर आउट हुँदा सुरेन्द्र ऐरी १५ रनमा नट आउट रहे । गुरुकुलको बलिङ तर्फ दिनेश अधिकारीले २, देव खनाल र बसिर अहमदले समान १/१ विकेट लिए ।

यस अघि पहिलो इनिङमा गुरुकुलका लागि कप्तान देव खनालले ३ छक्का र १ चौकाको मद्दतले ४४ बलमा ४७ रन बनाएर आउट भए । २९ बलको सामना गरेका बसिर अहमदले ३ छक्का र २ चौका प्रहार गर्दै टिमका लागि ४१ रनको योगदान दिए । विद्याभुषणको बलिङ तर्फ अर्जुन साउद र प्रवेश बुढ्थापाले २/२ विकेट तथा शेर मल्ल, वीरेन्द्र नाथ र रोशन थापाले समान १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच नरेन साउद भए । सर्वाधिक छक्काको अवार्ड पनि नरेनले नै पाउँदा, गेम चेन्जर अवार्ड सुरेन्द्र ऐरीले पाए ।

प्रतियोगिता अन्तरगत भोलि आइतबार हुने पहिलो खेलमा बिहान ९ः३० बजे हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र शारदा सरस्वती स्कुल दोधारा आमनेसामने हुनेछन् । भोलिको दोस्रो खेलमा दिउसो १ः३० बजे आयोजक लिटल फ्लावर र विद्याभुषण भिड्नेछन् ।

फागुन १४ गतेसम्म चल्ने लिटल फ्लावर प्रिमियर लिगमा जारी संस्करणको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]