एलपीएल : अफ्रिदी कप्तानीको ग्ल्याडीएटर्सको लगातार तेश्रो हार

लंका प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न दिनको दोश्रो खेलमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सले शाहिद अफ्रिदी कप्तानीको गाल ग्ल्याडीएटर्सलाई २५ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ।

महिन्दा राजापाक्षे स्टेडियम, हबन्टोटामा सम्पन्न खेलमा क्यान्डीले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा गालले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। लिगमा गालको यो लगातार तेश्रो हार हो।

गालका ओपनर दनुश्का गुनथिलाकाले आक्रामक ब्याटिंग गर्दै ५३ बलमा १३ चौका र १ छक्का मद्दतले ८२ रन बनाएता पनि टिम लक्ष्यसम्म पुगन। गुनथिलाकालाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। शेहान जयसूर्याले १७, मोहम्मद आमिरले अविजित १५ रन बनाए।

क्यान्डीको बलिंगमा मुनाफ पटेल , दिल्रुवान परेरा, असल गुनारत्ने, सेक्कुगे प्रसन्ना र नभिन उल हकले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा क्यान्डीले २० ओभरमा ५ विकेट क्षेतीमा १९६ रन बनाएको थियो।

क्यान्डीको लागि ब्रेण्डन टेलरले अविजित ५१ रन बनाएका थिए जुन क्रममा उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। कुशल मेन्डिसले ३० बलमा २ चौका र ४ छक्का मद्दतले ४९ रन, कामिन्दु मेन्डिसले २८ तथा कुशल पारेराले २७ रन बनाए।

परेरा र कुशल मेन्डिसले दोश्रो विकेटको लागि ७५ रनको तथा टेलर र कमिन्दु मेन्डिसले चौथो विकेटको लागि ६५ रनको साझेदारी गरे।

गालको बलिंगमा लक्षण संदकनले सर्वाधिक २ विकेट तथा अकिला दनन्जय, मोहम्मद आमिर र मोहम्मद सिराजले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ब्रेण्डन टेलर चुनिए।

लिग अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा थिसरा परेराको आक्रामक इनिंगको मद्दतले जाफ्नाले दाम्बुलालाई पराजित गरेको थियो।मंगलबार कोलोम्बो र दाम्बुला तथा जाफ्ना र क्यान्डी बीच प्रतिस्पर्धा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy