एलपीएल-६ दोश्रो दिन : बसिरको अलराउण्ड प्रदर्शनमा गुरुकुलको जित,

धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्।

दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्यो।

धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षेतीमा भेटायो। एभरेस्टको ब्याटिंगमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए जुन क्रममा २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप बिस्टले १२ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए। एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए। यस्तै गोविन्द बिस्टले दुई तथा दिपक रोकायाले एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।

आजै सम्पन्न दोश्रो खेलमा गुरुकुल इंगलिश स्कुल, लम्कीले स्टेपिंग स्टोन स्कुल धनगढीलाई पराजित गर्यो। गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोनले १५.५ ओभर ५६ रनमा सम्पूर्ण विकेट गुमायो। स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समिर रानाले तिन विकेट लिए भने बसिर एहमद र बिशाल केसीले समान दुई विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १८५ रन बनाएको थियो। गुरुकुलको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका बशिर एहमदले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २९ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै य-१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनानले ३९ र बिशाल बिक्रम केसीले ३७ रन बनाए। दिनेश अधिकारीले १६ र कृष कार्कीले १५ रन योगदान दिए। स्टेपिंग स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, बिरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल संचालन हुनेछन्। पहिलो खेलमा बिहान ९:३० बजे सैनिक आवासीय महाविद्यालय अत्तरिया र एभरेस्ट एकेडेमी तथा दोश्रो खेलमा दिउँसो १:३० बजे सत्यवती एकेडेमी र विद्या भुषण पब्लिक स्कुल धनगढी बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]