एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको विजयी सुरुवात 

धनगढी – लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा विजयी सुरुवात गरेको छ । कञ्चनपुरको होली फेमिली इङ्लिस मिडियम स्कुल भीमदत्त नगरलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७.७ ओभरमा १० विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । ६० रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । उसका नरेन भट्टले अविजित २४ र कप्तान विपिन रावलले ११ रनको पारी खेले । होली फेमिलीका लागि नेहाल दमाई, अरुन राना र विरेन बमले १/१ विकेट लिए ।

त्यस अघि पहिलो इनिङमा होली फेमिलीलाई सस्तैमा समेट्न लिटल फ्लावरका सुबोध तिवारीले २.५ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ३ विकेट लिए । उसका रोशन रावल, आशिस शाहु र अनुराग सिंहले समान २/२ विकेट लिए । लिटल फ्लावरका बलर सामु होली फेमिलीका अरुन रानाले २२ र अभिषेक कार्कीले १८ रन बनाउनु बाहेक अन्यको स्कोर सम्झन लायक रहेन ।

खेलको प्लेयर अफ दी म्याच लिटल फ्लावरका सुबोध तिवारी चुनिए । उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।

 

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बाल विवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सह प्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।

 

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ ।

 

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।

वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सह प्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स(हिरो) धनगढी कैलाली रहेका छन् ।





थप समाचार

नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईका कप्तान मुहम्मद […]

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज शुक्रबार नेपाल र युएईबीच सेमिफाइनल खेल हुदैछ । एसोसिएट […]

पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ […]

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ […]

युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार युएईको सामना गर्दै छ । ओमानको मस्कटमा हुने खेल […]

आइपीएल : मुम्बई र पञ्जाब खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच खेल हुँदै […]