लंका प्रिमियर लिगमा सन्दिपलाई लिईएन , कुन टिमले कसलाई लियो

नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई लंका प्रिमियर लिगको ड्राफ्टमा कुनै पनि टिमले लिएनन्। नोभेम्बर २१ देखि श्रीलंकामा सुरु हुने लिगको ड्राफ्ट सोमबार अनलाइनमार्फत सम्पन्न भएको थियो। १५ दिन चल्ने प्रतियोगितामा कुल २३ खेल खेलिनेछ। लिगको आयोजना श्रीलंका क्रिकेट बोर्डले गर्दैछ जसको व्यवस्थापन द आईपीजी ग्रुपले गरिरहेको छ।

सन्दिप सहित अस्ट्रेलियाको घरेलु क्रिकेटमा सक्रिय रहेका क्रिकेटर सुनम गौतम गरि २ जना नेपाली खेलाडी ड्राफ्टमा सहभागी रहेका थिए। सन्दिप ड्राफ्टको ‘डायमण्ड’ श्रेणीमा रहेका थिए जसको मुल्य ५० देखि ५९,९९९ डलर रहेको थियो। सुनम ‘क्लासिक’ श्रेणीमा रहेका थिए जसको मूल्य १५ हजार देखि २४,९९९ डलर थियो। ड्राफ्टमा श्रीलंकाका १६५ जना तथा श्रीलंका बाहिरका २७१ गरि कुल ४३६ जना खेलाडीहरु रहेका थिए।

यस अघि पाकिस्तान सुपर लिगको पछिल्लो संस्करणमा पनि सन्दिपलाई कुनै पनि टिमले लिएका थिएनन्। ड्राफ्ट या अक्सनको सूचीमा रहेर सन्दिपलाई छनौट नगरीएको एलपीएल दोश्रो लिग हो।

लंका प्रिमियर लिगमा कोलोम्बो किंग्स, दाम्बुला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना स्टालियन्स  र क्यान्डी टस्कर्स गरि ५ टिमहरु सहभागी रहेका छन्।

२० राउण्डसम्म भएको ड्राफ्टबाट क्रिस गेल, आन्द्रे रसेल, शहिद अफ्रिदी, फाफ डु प्लेसी र कार्लोस ब्राथवेट जस्ता क्रिकेटरहरु बिभिन्न टिममा छनौट गरिएका छन्। टिमहरुले २ जना विदेशी खेलाडीलाई मार्की खेलाडीको रुपमा व्यक्तिगत रुपमा अनुबन्ध गरेको हो भने एक जना लोकल मर्की खेलाडीको यस अघिनै घोषणा गरिएको थियो।

मार्की विदेशी खेलाडीको रुपमा फाफ डु प्लेसी, कार्लोस ब्राथवेट, कोलिन इन्ग्राम, वानिन्दु हसरंगा, लियाम प्लंकेट, आन्द्रे रसेल, क्रिस गेल, डेभिड मिलर, शहिद अफ्रिदी र दविद मलानलाई टिमहरुले लिए।

कुन टिमले कसलाई लियो 

एन्जेलो म्याथुज आइकन खेलाडी रहेको कोलोम्बो किंग्सले विदेशी खेलाडीको रुपमा आन्द्रे रसेल, फाफ डु प्लेसी, मनप्रित सिंह गोनी, मनभिन्दर बिस्ला, रभिन्दरपाल सिंहलाई लियो। इसुरु उदाना र दिनेश चण्डीमाल जस्ता श्रीलंकन खेलाडीलाई पनि टिमले भित्र्यायो।

दासुन शनाका आइकन खेलाडी रहेको दाम्बुला हक्सले डेभिड मिलर, कार्लोस ब्राथवेट , समित पटेल, पल स्टरलिंग गरि ४ जना विदेशी खेलाडीलाई तथा निरोशन डिकवेला लाहिरु कुमारा, कसुन रजिथा, उपुल थारांगा जस्ता श्रीलंकन खेलाडीलाई भित्र्यायो।

थिसारा परेरा आइकन खेलाडी रहेको जाफ्ना स्टालियन्सले दविड मलान, शोयब मलिक, आसिफ अलि, उस्मान शिन्वारीलाई विदेही खेलाडीको रुपमा तथा अभिश्का फर्नान्डो, धनन्जय डी सिल्भा, सुरंगा लक्मल जस्ता श्रीलंकन खेलाडीलाई भित्र्यायो।


कुशल परेरा आइकन खेलाडी रहेको क्यान्डी टस्कर्सले क्रिस गेल, लियाम प्लंकेट, वहाव रियाज, नभिन उल हकलाई विदेशी खेलाडीको रुपमा तथा कुशल मेन्डिस, नुवान प्रदिप, कामिन्दु मेन्डिस, दिल्रुवान परेरा जस्ता श्रीलंकन खेलाडीलाई भित्र्यायो।

लासिथ मालिंगा आइकन खेलाडी रहेको गाले ग्ल्याडीएटर्सले शहिद अफ्रिदी, कोलिन इन्ग्राम, मोहम्मद आमिर , सरफराज एहमद र हज्रतुल्लाह जजाईलाई विदेशी खेलाडीको रुपमा तथा दनुश्का गुनथिलाका, अकिला धनन्जय, लक्षण संदकन जस्ता श्रीलंकन खेलाडीलाई भित्र्यायो।

५ टिमको सम्पूर्ण सूची 

Jaffna Stallions Thisara Perera, Dawid Malan, Wanindu Hasaranga, Shoaib Malik, Usman Shinwari, Avishka Fernando, Dhananjaya de Silva, Suranga Lakmal, Binura Fernando, Asif Ali, Minod Bhanuka, Chaturanga de Silva, Mahesh Theekshana, Charith Asalanka, Nuvinidu Fernando, Kanagaratnam Kapilraj, Theivendiram Dinoshan, Yiyakanth Yiyaskanth

Dambulla Hawks Dasun Shanaka, David Miller, Carlos Brathwaite, Samit Patel, Niroshan Dickwella (wk), Lahiru Kumara, Oshada Fernando, Kasun Rajitha, Paul Stirling, Lahiru Madushanka, Upul Tharanga, Angelo Perera, Ramesh Mendis, Pulina Tharanga, Ashen Bandara, Dilshan Madushanka, Sachindu Colombage

Kandy Tuskers Chris Gayle, Kusal Perera, Liam Plunkett, Wahab Riaz, Kusal Mendis, Nuwan Pradeep, Seekkuge Prasanna, Asela Gunaratne, Naveen-Ul-Haq, Kamindu Mendis, Dilruwan Perera, Priyamal Perera, Kavishka Anjula, Lasith Embuldeniya, Lahiru Samarakoon, Nishan Fernando, Chamika Edirisinghe, Ishan Jayaratne

Colombo Kings Andre Russell, Faf du Plessis, Angelo Mathews, Manpreet Singh Gony, Manvinder Bisla, Isuru Udana, Dinesh Chandimal, Amila Aponso, Ravinderpal Singh, Ashan Priyanjan, Dushmantha Chameera, Jeffrey Vandersay, Thikshila de Silva, Tharindu Kaushal, Lahiru Udara, Himesh Ramanayake, Kalana Perera, Tharindu Rathnayaka, Navod Paranawithana

Galle Gladiators Lasith Malinga, Shahid Afridi, Colin Ingram, Mohammad Amir, Hazratullah Zazai, Danushka Gunathilaka, Bhanuka Rajapaksa, Akila Dananjaya, Milinda Siriwardana, Sarfaraz Ahmed (wk), Azam Khan, Lakshan Sandakan, Shehan Jayasuriya, Asitha Fernando, Nuwan Thushara, Mohomed Shiraz, Dhananjaya Lakshan, Chanaka Ruwansiri, Sahan Arachchi

बटलर चम्किदा राजस्थानद्वारा चेन्नाई ७ विकेटले पराजित, चेन्नाई फेरी पुछारमा पुग्यो

IPL : अमित मिश्राको स्थानमा दिल्लीले भित्र्यायो अर्को लेग स्पिनर

IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]