एलपीएलको सह-प्रायोजकमा एभरफन चकलेट

२०७८ मंसिर ११, शनिबार ०७:५०

धनगढी, –

धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को सह प्रायोजक (गेट प्रायोजक) एभरफन चकलेट रहने भएको छ ।

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको सह प्रायोजकको रूपमा शुक्रबार एभरफन चकलेट जोडिएको हो ।

प्रतियोगिताको सह प्रायोजक एभरफन चकलेटको तर्फबाट प्रदीप राना र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको तर्फबाट अध्यक्ष रामचन्द्र शाही बिच प्रतियोगिताको सह प्रायोजक (गेट प्रायोजक) सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । हस्ताक्षर पश्चात् विद्यालय स्तरको खेल आयोजनामा सह प्रायोजक भई सहकार्य गरेकोमा एभरफन चकलेट परिवारप्रति अध्यक्ष शाहीले धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy