एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

२०८१ माघ ४, शुक्रबार १९:४६

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् ।

सन्धिखर्कमा चलिरहेको एपिएल क्रिकेटमा सन्धिखर्क लिग चरणका सम्पुर्ण खेल जित्दै फाइनल प्रवेश गरेको हो । किमडाँडाले सुपर सुपा ईलाभेनलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

शनिवार टुँडिखेल मैदानमा हुने फाइनल खेलको विजेताले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टोलिले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy