एलपिएल कार्तिक दोस्रो सातादेखि

  • धनगढी, २० साउन

धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगक्रिकेट प्रतियोगिताको चौथौ संस्करण कार्तिक दोस्रो सातदेखि हुने भएको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण यसवर्ष कार्तिक १६ देखि ३० गतेसम्म सञ्चालनहुने जनाएको छ ।

संघीय प्रहरी इकाईको मैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगददुई लाख र उपविजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्तगर्ने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा कैलाली, कञ्चनपुर, बाँके काठमाण्डौं, भक्तपुर लगायतका जिल्लाका गरी १३ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । विद्यालय स्तरीय सो प्रतियोगितामाविद्यालयले कक्षा १० सम्म पढ्ने १० जना खेलाडी र चार जना नेपालका १९ वर्षमुनिका खेलाडी अनिवार्य रुपमा समावेश गराउनु पर्ने जनाइएको छ ।

प्रतियोगिता लिगकमनक आउट फरम्याटमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

तल्लो स्तरबाटै क्रिकेट खेलाडी उत्पादनगर्ने उद्देश्यले प्रतियोगिताआयोजनागर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो- ‘धनगढीलाई साँच्चिकै क्रिकेटको सहर बनाउन यस्ता थुप्रै प्रतियोगिता सञ्चालनगर्न आवश्यक छ’, उहाँले थप्नुभयो–‘धनगढीलाई क्रिकेटको नर्सरीको रुपमाचिनाउनथुप्रै प्रतियोगिता सञ्चालनमा सबैको ध्यानजानू पर्दछ ।’

उहाले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग जस्ता फ्रेन्चाइजीप्रतियोगिता खेल्न नपाएका खेलाडीहरुले एलपीएल खेल्न पाउने ठूलो आशगर्ने गरेको बताउनुभयो ।

निस्ट कलेल लिटल फ्लावर लिग–४ समापनपछि प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका १० कक्षासम्ममाअध्ययनरत विद्यार्थी खेलाडी छनोट गरी एक दिवसीय निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग सञ्चालनगर्ने पत्रकार सम्मेलनमाजानकारी दिईएको छ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]