एलपीएलको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी

धनगढी – धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि रहने भएको छ । प्रतियोगिताको लजिङ्ग एण्ड फुडिङ्ग पार्टनर रहने गरी आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका तर्फबाट अध्यक्ष रामचन्द्र शाही र होटेल डिभोटी एण्ड रेस्टुरेन्ट प्रा.लि. का तर्फबाट सेल्स एण्ड एचआर म्यानेजर शङ्कर सिंले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

धनगढीमा सुदूरपश्चिम प्रदेशमै होटेल क्षेत्र मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको डिभोटी होटेलले उमेर समूहको क्रिकेट उत्थानका लागि हातेमालो गरेकोमा अध्यक्ष शाहीले हस्ताक्षर पछि धन्यवाद ज्ञापन गरे । होटेल डिभोटीले पछिल्लो समय विभिन्न अफर मार्फत ग्राहकको सेवालाई थप परिष्कृत गर्दै आएको छ । म्यानेजर सिंका अनुसार प्रत्येक शुक्रबार म्युजिकल नाइटसहित ८ सय मा अन लिमिटेड खानाका परिकार, विद्यार्थीहरूका लागि अन्य ग्राहक भन्दा ३० प्रतिशत कम लागतमा बर्थडे पार्टी तथा अन्य खानाका परिकार र ग्रुप अफर पनि सञ्चालनमा ल्याएको छ ।

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालयको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]