एलपीएल : सुपर ओभरमा पुगेको रोमान्चक खेलमा कोलोम्बोको जित

लंका प्रिमियर लिगको पहिलो संस्करण श्रीलंकामा सुरु भएको छ। लिग अन्तर्गत रोमान्चक पहिलो खेलमा एन्जेलो म्याथुज कप्तानीको कोलोम्बो किंग्सले सुपर ओभरमा कुशल परेरा कप्तानीको क्यान्डी टस्कर्सलाई पराजित गर्यो।

महिन्दा राजापाक्षे स्टेडियम, हम्बनटोटामा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको क्यान्डीले २१९ रन बनाएपछि जवाफमा कोलोम्बोले पनि समान २१९ रननै बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा कोलोम्बोलाई जितको लागि ३ ओभरमा ५२ रन आवस्यक हुँदा इसुरु उडाना र कैस अहमदले विस्फोटक ब्याटिंग गर्दै टिमलाई जित दिलाएका थिए। अन्तिम ओभरमा जित्न २० रन आवस्यक हुँदा असेला गुनारत्नेको ओभरमा उडानाले १९ रन बनाएपछि खेल बराबरी भएको थियो। उक्त ओभरमा उडानाले २ छक्का हिर्काएका थिए भने अन्तिम बलमा ३ रन आवस्यक हुँदा भने २ रन मात्र लिन सके।

सुपर ओभरमा के भयो 

सुपर ओभरमा पहिले ब्याटिंग गर्दै कोलोम्बोले नुवान प्रदिपले गरेको ओभरमा १ विकेट गुमाएर १६ रन बनायो। उसको लागि आन्द्रे रसेलले १ छक्का मद्दतले ३ बलमा ८ रन बनाए भने एन्जेलो म्याथुजले ४ रन बनाए। अन्य रन अतिरिक्तको रुपमा आएको थियो।

१७ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ३ बलमा रहमनुल्लाह गुर्बजले १ छक्का र १ चौका प्रहार गर्दै १० रन बटुलेता पनि। त्यसपछिको ३ बलमा उडानाले मात्र २ रन खर्चिदा क्यान्डीले विकेट नगुमाएता पनि १२ रन मात्र बनाउन सक्यो।

क्यान्डीको इनिंग 

यस अघि टस हारेर ब्याटिंग गर्दै क्यान्डीले २० ओभरमा ३ विकेट गुमाएर २१९ रन बनाएको थियो।

कप्तान कुशल परेराले आक्रामक ब्याटिंग गर्दै ५२ बलमा ८७ रन बनाए जुन क्रममा ९ चौका र ४ छक्का प्रहार गरे। अफगानिस्तानका रहमनुल्लाहगुर्बजले मात्र २२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए। असल गुनारत्नेले ३३ तथा कुशल मेन्डिसले ३० रन बनाए।

कोलोम्बोको बलिंगमा मन्प्रित गोनी, दुस्मंता चमिरा र कैस एहमदले समान १ विकेट लिए।

कोलोम्बोको इनिंग 

२२० रनको लक्ष्य पछ्याउने क्रममा कोलोम्बोको लागि ओपनर दिनेश चण्डीमालले सर्वाधिक ८० रन बनाए जुन क्रममा ४६ बलमा १२ चौका र २ छक्का हिर्काए। इसुरु उडानाले १२ बलमा ४ छक्का प्रहार गर्दै ३४ रन बनाए। आन्द्रे रसेलले २४, थिशिला डी सिल्भाले २२ तथा कैस एहमदले १५ रन बनाए।

क्यान्डीको बलिंगमा नुवान प्रदिप र नभिन उल हकले समान २ विकेट तथा असेला गुनरत्ने र सेक्कुगे प्रसन्नाले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिनेश चण्डीमाल चुनिए।

लिग अन्तर्गत शुक्रबार पनि एक मात्र खेल हुनेछ। नेपाली समय ८:१५ बजे राति सुरु हुने खेलमा थिसारा परेरा कप्तानीको जाफ्ना स्टालियन्स र शहिद अफ्रिदी कप्तानीको गाले ग्ल्याडीएटर्सले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा कोलोम्बो, क्यान्डी, गाल, दाम्बुल्ला, जाफ्ना गरि ५ टिम सहभागी छन्। लिगमा कुल २३ खेल खेलिनेछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]