एलपिएलको छैठौं संस्करण माघ २२ गतेदेखि धनगढीमा

धनगढीमा माघ माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो ।

आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । २०७३ सालदेखि हरेक बर्ष आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको मिति घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने भएको छ । ‘प्रतियोगितामा विगतका बर्षहरुमा १६ टीमहरुको सहभागीता रहदै आएकोमा यस बर्षदेखि प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयहरुलाई उच्चतम अवर प्रदान गर्न १० टीमहरुलाई सहभागी गराईएको छ ।’ लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष शाहीले भने–‘सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टीमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरु पहिचान गर्न सजिलो हुनेछ ।

प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाईनेछ । प्रतियोगितामा सहभागीता जनाउने विद्यालयहरु पनि पक्का भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सहभागी विद्यालयहरुमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्या भुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नकआउट फरम्याटमा खेलाईने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उपविजेताले नगद ७५ हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने भएको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]