एलपीएल-६ नयाँ मितिमा आयोजना हुने

२०७८ माघ १४, शुक्रबार १९:४०

छैठौं संस्करणको विद्यालय स्तरीय लिटल फ्लावर प्रिमियर लिग नयाँ मितिमा आयोजना हुने भएको छ। प्रतियोगिता पूर्व निर्धारित तालिका भन्दा आठ दिन पछि अर्थात् फाल्गुन २ गते देखि १४ गतेसम्म धनगढीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा आयोजना हुनेछ।

कोभिड-१९ को जोखिमलाई मध्यनजर राखेर मिति सारिएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका निर्देशक रामचन्द्र शाहीले जानकारी गराए। शाहीले प्रतियोगिता जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मापदण्डको पालना गर्नेगरी संचालन गरिने बताए।

प्रतियोगितामा यस बर्ष काठमाडौ बाट १, कंचनपुर बाट १ तथा कैलाली जिल्लाका धनगढी लगायत विभिन्न सहरहरुबाट ८ टिम गरि कुल १० विद्यालय टिम सहभागी हुनेछन्। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ एभरेस्ट एकेडेमी अत्तरियाले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy