एलपीएल : सुवोध ऐरको उत्कृस्ट ब्याटिंगमा कैलाली मोडेलको जित

subodh ayer
  • विकेटनेपाल – २८ कार्तिक , धनगढी 

धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत दोस्रो दिन भएका खेलमा कैलाली मोडल ईङ्गलिस बोर्डिङ स्कुल धनगढी एबीसी स्कुल नेपालगंज विजयी भएका छन्।

आज भएको पहिलो खेलमा विस्डम एकेडेमी कंचनपुरलाई ६ विकेटले पराजित गर्दै कैलाली मोडेल विजयी भएको हो भने एबीसी स्कुल नेपालगंजले काठमाण्डौंको मोक्छदा स्कुलाई ७ रनले किनारा लगाएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको विस्डम एकेडेमी कंञ्चनपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनायो। विस्डमको लागि प्रकाश जोशीले ५७, किरन ठगुन्नाले ४० कप्तान लोकेश बमले २७, वसन्त सिह कार्कीले १७, सुशील पन्तले १४ रन बनाए। कैलाली मोडेलका कैलाश खातीले ३ र वसन्त थापाले २ विकेट लिए।

विस्डमले जितको लागि दिएको १७२ रनको लक्ष्य कैलाली मोडलले ३ बल अगावै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। कैलाली मोडेललाई जिताउन सुवोध ऐरले सर्वाधिक रन ७४, कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रनको योगदान दिए। अविजिति ७४ रन बनाएका सुवोध म्यानअफ द म्याच भए।

Subodh Ayer
Subodh Ayer

एबीसीको रोमान्चक जित 

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा मोक्छदा स्कुल काठमान्डौमाथि एबीसी नेपालगन्जले ७ रनको रोमान्चक जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ गरेको एबीसी आवासीय स्कुलले १९.३ ओभरमा अलआउट हुँदै १३७ रन बनायो। एबीसीका लागि विशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४, कप्तान सदाव अन्सारी र सहिल वस्नेतले १३/१३ रनको योगदान दिए। मोक्छदाका अनिश कार्कीले ४, विपिन खत्रीले ३, दिपक बोहराले २ विकेट लिए।

१३८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्छदा स्कुल काठमान्डौले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो। उसका लागि दिपक बोहोराले ३६, विशाल लिम्बुले ३४, कप्तान विपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। एबीसीका लागि सुभम ब , कप्तान सदाव अन्सारी र सोनु थापा मगरले २÷ २ विकेट लिए। एबीसी स्कुल नेपालगन्जका कप्तान सदाब अन्सारी खेलको म्यान अफ द म्याच भए।

प्रतियोगिता अन्तर्गत विहीवारको पहिलो खेलमा सरस्वती मावि गेटा र निष्ट भक्तपुर तथा दोस्रो खेलमा लिटि बुद्ध महेन्द्रनगर र एबीसी स्कुल नेपालगंज प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ।

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ। प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन् ।

फोटोः महेन्द्र बम





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]