लंका प्रिमियर लिगको मिति घोषणा

श्रीलंका क्रिकेटको आयोजनामा लंका प्रिमियर लिग नोभेम्बरमा आयोजना हुने भएको छ। यस अघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म आयोजना हुने प्रतियोगिता अब नोभेम्बर १४ देखि डिसेम्बर ६ सम्म आयोजना हुने श्रीलंका क्रिकेटले बुधबार प्रेस विज्ञप्तिमार्फत बताएको छ। यस अघि कोभिड-१९ को बढ्दो केसका कारण लिग सार्ने निर्णय गरिएको थियो।


प्रतियोगिता आयोजनाको जिम्मा श्रीलंका बोर्डले युएईको ‘इनोभेटिभ प्रोडक्सन ग्रुप’ लाई दिईएको छ।

५ टिम सहभागी हुने लिगको टिमहरुको नाम कोलोम्बो, क्यान्डी, गाले, दाम्बुला र जाफ्ना शहरबाट राखिएको छ। लिग अन्तर्गत २३ खेलहरु खेलिनेछ जुन ३ वटा मैदानमा खेलिनेछ। रनगिरि दाम्बुला, पालेकेले र महिन्दा राजापक्षे स्टेडियममा खेलहरु खेलिनेछ।

प्रतियोगितामा सहभागी हुन आउने विदेही खेलाडीहरुले लिग अघि क्वारेन्टाइनमा बस्नुपर्नेछ। श्रीलंका बोर्डले क्वारेन्टाइन अवधि ७ दिन मात्रै राख्ने बताएपनि त्यसलाई श्रीलंका सरकारले भने मान्यता दिन बाँकी रहेको छ।

श्रीलंकामा १३ मार्च देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलीएको छैन। वेस्टइन्डिजसंग मार्च १ मा श्रीलंकाले एकदिवसीय खेलेको थियो।

धेरैले पढेको :-

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

“कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

जन्मदिन विशेष : प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

मुनरो र पोलार्ड चम्किदा जमैकालाई चुनौतिपूर्ण लक्ष्य, सन्दिपले लिए १ विकेट





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]