लंका प्रिमियर लिगको मिति घोषणा

श्रीलंका क्रिकेटको आयोजनामा लंका प्रिमियर लिग नोभेम्बरमा आयोजना हुने भएको छ। यस अघि अगस्ट २८ देखि सेप्टेम्बर २० सम्म आयोजना हुने प्रतियोगिता अब नोभेम्बर १४ देखि डिसेम्बर ६ सम्म आयोजना हुने श्रीलंका क्रिकेटले बुधबार प्रेस विज्ञप्तिमार्फत बताएको छ। यस अघि कोभिड-१९ को बढ्दो केसका कारण लिग सार्ने निर्णय गरिएको थियो।


प्रतियोगिता आयोजनाको जिम्मा श्रीलंका बोर्डले युएईको ‘इनोभेटिभ प्रोडक्सन ग्रुप’ लाई दिईएको छ।

५ टिम सहभागी हुने लिगको टिमहरुको नाम कोलोम्बो, क्यान्डी, गाले, दाम्बुला र जाफ्ना शहरबाट राखिएको छ। लिग अन्तर्गत २३ खेलहरु खेलिनेछ जुन ३ वटा मैदानमा खेलिनेछ। रनगिरि दाम्बुला, पालेकेले र महिन्दा राजापक्षे स्टेडियममा खेलहरु खेलिनेछ।

प्रतियोगितामा सहभागी हुन आउने विदेही खेलाडीहरुले लिग अघि क्वारेन्टाइनमा बस्नुपर्नेछ। श्रीलंका बोर्डले क्वारेन्टाइन अवधि ७ दिन मात्रै राख्ने बताएपनि त्यसलाई श्रीलंका सरकारले भने मान्यता दिन बाँकी रहेको छ।

श्रीलंकामा १३ मार्च देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलीएको छैन। वेस्टइन्डिजसंग मार्च १ मा श्रीलंकाले एकदिवसीय खेलेको थियो।

धेरैले पढेको :-

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-7th-m-1st-in-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy