धनगढी मेयर एलपीएल-६ को तयारी पुरा, देव खनाल सहित यु-१९ राष्ट्रिय क्रिकेटर खेल्ने

सोमबार देखि धनगढीमा सुरु हुने यु-१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग टि-२० पतियोगिताको छैठौं संस्करणको तयारी पुरा भएको छ। प्रतियोगिता फाल्गुन २ गते देखि १४ गते सम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुनेछ।

आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रिकेट शहरको रुपमा परिचीत गराउने उपमहानगरपालिकाको उदेश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए । उनले प्रतियोगिताको सफलतको समेत शुभकामना ब्यक्त गरे।

नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान देव खनाल सहित उपकप्तान शेर मल्ल लगायत यु-१९ राष्ट्रिय क्रिकेटरहरु अर्जुन साउद, आदील अन्सारी, राहुल भण्डारी, बिपिन रावल, आकाश चन्द, बिशाल बिक्रम केसी, बसिर एहमद जस्ता खेलाडीहरु बिभिन्न टिमहरुबाट प्रतियोगिता खेल्दैछन्।

टि-ट्वान्टी फर्म्याटमा खेलाइने प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् । यस्तै भोलिहुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्।

प्रतियोगिताको लागि संघीय प्रहरीको खेल मैदान दुई महिना अगाडी देखि तयार गरिएको थियो जसले पूर्णता पाएको छ। यस अघि माघ २२ गते सुरु हुने घोषणा गरिएता पनि कोभिड-१९ का कारण १० दिन सारिएको हो।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण बाबा टेलिभिजनले गर्नेछ भने प्रत्यक्ष स्कोर अपडेट विकेटनेपालमा हेर्न सकिनेछ।

 





थप समाचार

कुशलको अर्धशतकमा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट […]

नेपालले टस हार्यो, भुर्तेल बेन्चमा

काठमाडौं । नामिबियाविरुद्ध नेपालले टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै […]

पाँचपोखरी क्रिकेट प्रतियोगिता : पाँचपोखरी र ह्याल्मो-११ सेमिफाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । आज भएको […]

दाङ क्रिकेट लिग : देउखुरी र पुरनधारा फाइनल दौडबाट बाहिरियो 

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका […]

लिभेन्टको शतकमा नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई सहज रुपले पराजित गरेको छ  । टियु मैदानमा भएको  खेलमा नामिबिया ५९ […]

लिभेन्टको शतकमा नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा […]