एलपीएल सातौँ संस्करणको टिम दर्ता खुल्यो

कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय अन्डर-१९ राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणका लागि टिम दर्ता खुलेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले लिटल फ्लावर प्रिमियर लिग-७ का लागि टिम दर्ता खुला भएको जानकारी दिएको हो ।

प्रतियोगिताको सातौँ संस्करण आगामी कार्तिक तेश्रो साताबाट धनगढीमा सञ्चालन हुने छ । हालसम्म ५ वटा टिम दर्ता समेत भैसकेको भन्दै लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले भने, ‘प्रतियोगितामा सहभागी हुन चाहने टिमले यथाशीघ्र आफ्नो टिम दर्ता गर्न हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ ।’ सातौँ संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमलाई सहभागी गराइने शाहीले बताए । प्रत्येक टिमले ४ जना खेलाडी यु–१९ उमेर समूहका विद्यालय बाहिरका समेत राखन पाउने व्यवस्था छ । तर अन्य ११ जना खेलाडी भने सहभागी विद्यालयमा अनिवार्य रूपमा कक्षा १० सम्म अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सातौँ संस्करणको विजातेले २ लाख ५१ हजार १ सय ५१ तथा उपविजेताले १ लाख २५ हजार १ सय २५ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलले जनही १५ हजार, उदीयमान खेलाडीले ७ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलमा १ जनालाई गेम चेन्जर अवार्ड र नगद १ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy