एलपीएल : डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण फाइनलमा

कैलाली

डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । १ सय ७५ रनको विजयी लक्ष पछ्याएको विद्या भूषणले १० बल बाकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो ।

विद्या भूषणलाई फाइनलमा पुर्याउन कप्तान शेर मल्ल र वीरेन्द्र नाथले ९६ रनको उत्कृष्ट अविजित साझेदारी गरे । नाथले ४१ बलमा ३ चौका र ७ छक्काको मद्दतले ७३ र मल्लले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५७ रनको विस्फोटक पारी खेले । ११.२ ओभरमा ७९ रन बनाएर ४ विकेट गुमाएको विद्या भूषणका कप्तान मल्लले १७ औँ ओभरमा २७ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिएका हुन् । १७ औँ ओभरमा विद्या भूषणको पोल्टामा २९ रन आयो । टिमका लागि उसका प्रदीप चन्दे १७ रन बनाए ।

बलिङ तर्फ हिमालयनका दीपक बोहरा(जुनियर) ले २ र सन्दीप शाहीले १ विकेट लिए ।

यस अघि हिमालयनका लागि लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए । दीपक बोहरा (जुनियर) र राहुल भण्डारीले टिमलाई समान २५/२५ रनको योगदान दिए । उसका दीपक बोहरा(सिनियर) ले २३ रन बनाउँदा नारायण जोशीले १७ र रजत तिमिल्सिनाले १५ रन बनाए ।

बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्ल, वीरेन्द्र नाथ र प्रदीप चन्दे समान २/२ तथा अर्जुन साउद र नरेन साउदे १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा शारदा सरस्वति र सत्यवती एकेडेमी प्रतिस्पर्धा गर्नेछन्। दोश्रो सेमीफाइनल र फाइनल खेल शनिवारनै सम्पन्न हुनेछ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लगको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]