धनगढी मेयर एलपीएल-६ : सत्यवती र होलिल्याण्ड विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् ।

संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र ५ चौकाको मद्दतमा ८० रन बनाए । सन्दीप खत्रीले १२ बलमै ६ छक्का र ४ चौककाको मद्दतमा अर्धसतकीय आक्रामक पारी खेले । त्यस्तै सुजन गौतमले २७ बलमा ४५ रन बनाए । गुरुकुलका दिनेश अधिकारी, जानु कस्गर र विशाल विक्रम केसीले समान २/२ विकेट लिए।

२१० रनको विजयी लक्षसहित मैदान उत्रेको गुरुकुलका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । उसका लागि सिराज बागवानले २६ तथा समीर रानाले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । गुरुकुललाई सस्तैमा समेट्न सत्यवतीका युवराज खत्रीले ३, आदील अन्सारी र सुजन गौतमले समान २/२ तथा सन्दीप खत्री, नीरज भट्ट र सन्तोष कार्कीले १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच सन्तोष कार्की घोषित भए।

शुक्रबारनै सम्पन्न दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भयो ।

टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि खडक बोहराले ५ चौका र ४ छक्काको मद्दतमा ५१ बलको सामना गर्दै ६९ तथा प्रज्वल थापाले ५१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहने । होलिल्याण्डका बलर जीत साउँले ३, सञ्जय बोहराले २ र अवि नारायण कोइरालाले एक विकेट लिए ।

१ सय ५८ रनको विजयी लक्ष पछ्याएको होलिल्याण्डले १७.५ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । होलिल्याण्डका लागि दीपक टमाटाले १८ बलमा ५ चौका र ४ छक्काको आक्रामक पारी खेल्दै ४९ रन बनाए । कृष्ण भट्टले ४२ बलमा नट आउट ४२, गजेन्द्र बोहराले २०, अविशेक पालले १९ र राज विश्वकर्माले १० रन बनाए । बलिङ तर्फ सैनिकका खडक बोहराले २ र गौतम केसी तथा हरिस धामीले १/१ विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए ।

प्रतियोगिता अन्तर्गत भोलि शनिवार शनिवार पहिलो खेलमा बिहान ९ः३० बजे काठमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाका एभरेस्ट एकेडेमी आमनेसामने हुनेछन् । भोलिनै दोस्रो खेलमा दिउँसो १ः३० बाट विद्याभुषण र गुरुकुल प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १० बिद्यालय टिम सहभागी छन्। सहभागी टिमहरुलाई ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]