सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

२०७७ आश्विन २३, शुक्रबार १२:०२

नोभेम्बर २१ देखि श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिगको खेलाडी चयन गर्ने ‘खेलाडी ड्राफ्ट’ कार्यक्रम पूर्वनिर्धारित मितिमा नहुने भएको छ। अक्टोबर ९ ( शुक्रबार ) हुने बताईएको ड्राफ्ट कार्यक्रम अब नयाँ मिति अक्टोबर १९ मा गरिने श्रीलंका क्रिकेट बोर्डले बताएको छ।

“वर्तमान स्वास्थ्य परिस्थितिलाई ध्यानमा राख्दै लंका प्रिमियर लिगको ‘खेलाडी ड्राफ्ट’ कार्यक्रम नयाँ मिति १९ अक्टोबरमा आयोजना हुनेछ।” श्रीलंका क्रिकेट बोर्डले बिहिबार बिज्ञप्ति जारि गर्दै बताएको छ।

https://www.facebook.com/srilankacricket/posts/4318089278222246

ड्राफ्टमा सन्दिप लामिछाने र सुनम गौतम गरि दुई नेपाली खेलाडी पनि रहेका छन्। ड्राफ्टको ३० औं नम्बरमा सुनम गौतम तथा १०३ औं नम्बरमा सन्दिप लामिछाने रहेका छन्।

खेलाडीहरुलाई क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिंग र आइकन गरि वर्गीकरण गरिएको छ जसको मूल्य १५ हजार डलर देखि ६० हजार डलरसम्म रहेको छ। सन्दिप ‘डायमण्ड’ श्रेणीमा रहेका छन् जसको मूल्य ५० हजार देखि ५९,९९९ डलर रहेको छ। यस्तै सुनम ‘क्लासिक’ श्रेणीमा रहेका छन् जसको मूल्य १५ हजार देखि २४,९९९ डलर रहेको छ।

ड्राफ्टको सूचीमा श्रीलंका बाहिरका २ सय ७१ जना खेलाडीहरु रहेका छन्। यस्तै श्रीलंकाका कुल १६५ खेलाडीहरु गरि कुल ४३६ जना खेलाडीहरु ड्राफ्टमा सूचिकृत छन्। १२ टेस्ट राष्ट्र बाहेक ड्राफ्टमा नेपालका सहित, क्यानडा, स्कटल्याण्ड, हंगकंग, नेदरल्याण्ड, ओमानका खेलाडीहरु पनि रहेका छन्। भारतका समेत ९ जना खेलाडीहरु ड्राफ्टमा छन्।

पहिलो पटक विदेशी टि-२० लिगको ड्राफ्टमा स्थान बनाएका सुनम गौतमले विकेटनेपालसंग कुरा गर्दै उत्साह व्यक्त गरेका छन्। उनि एजेन्टमार्फत ड्राफ्टमा नामांकित भएका गौतमको सन्दिप लामिछानेसंगै एकै टिममा खेले चाहना रहेको छ- “ड्राफ्टमा मौका पाउदा खुसि लागेको छ। सन्दिप लामिछानेसंगै एकै टिममा खेल्ने इच्छा रहेको छ।” ड्राफ्टमा छनौट भएपछि उनले विकेटनेपाललाई बताए।

Sunam Gautam ( Photo Source – Sunam Facebook )

गौतम अलराउण्डर हुन् जो दायाँ हाते माथिल्लो क्रमका ब्याट्सम्यान हुन् भने अफस्पिन बलिंग गर्ने गर्छन्। उनि विशेष गरि आफ्नो ‘दुसरा’ बलको लागि चर्चित छन्। उनको दुसरा देखेर पूर्व अस्ट्रेलियन क्रिकेटर म्याकगिल प्रभावित भएका थिए। म्याकगिलले सुनमको दुसरा देखेपछि दुसरा बलका जन्मदाता सक्लेन मुस्ताक पछि उत्कृस्ट दुसरा बलर भनेर तारिफ गरेका थिए। एक प्रदर्शनी खेलको दौरान एकै टिममा रहेको बेला म्याकगिलले अभ्यासको क्रममा सुनमको बल पहिलो पटक देखेका थिए।

नेपाली उमेर समूह राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका सुनम २०१२ पछि अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्दै आएका छन्। हाल उनि साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका छन्। त्यहाँ उनि ‘साउथर्न डिस्ट्रिक’ क्लब देखि खेल्दै आएका छन्। टिमको प्रशिक्षक वेस्टइन्डिजका पूर्व स्टार क्रिकेटर कार्ल हुपर रहेका छन्। हुपरले वेस्टइन्डिजकको लागि १०२ टेस्ट र २२७ वानडे खेलेका थिए।

सन्दिप विदेशी टि-२० लिगमा छनौट हुने कुरा नौलो छैन तर पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका गौतमलाई टिमहरुले कतिको महत्व दिनेछन् हेर्नलायक हुनेछ। यस अघि सन्दिप बाहेक विदेशी लिगहरुमा सोमपाल कामि र पारस खड्काले मात्र मौका पाएका छन्। सोमपाल गत सिजन ग्लोबल टि-२० लिग तथा पारसले टि-१० लिगमा छनौट भएका थिए।

लंका प्रिमियर लिगमा कोलोम्बो लायन्स, दम्बुल्ला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना कोब्राज र क्यान्डी टस्कर्स गरि ५ टिमहरु सहभागी रहेका छन्। ५ टिमको आइकन खेलाडीहरु लासिथ मालिंगा, एन्जेलो म्याथुज, थिसारा पारेरा, दासुन शनाका र कुशल परेरा रहेका छन्।

सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा, को हुन् सुनम गौतम 

IPL : अरेन्ज क्याप रेसको टप-५ मा बेयरस्टो र वार्नरको आगमन, अंकतालिकाको अवस्था के छ

पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड

विस्फोटक ब्याटिंग गर्दै पुरनले बनाए सिजनकै सबैभन्दा छिटो अर्धशतक

पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy