पीएसएल : रोमान्चक खेलमा लाहोरको जित, राशिदको अलराउण्ड प्रदर्शन

कोरोनाका कारण बीचमै रोकिएको पाकिस्तान सुपर लिगको दोश्रो फेजको खेलहरु युएईमा सुरु भएको छ। शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न लिगको १५ औं खेलमा लाहोर कलन्दर्सले इस्लामावाद युनाइटेडलाई ५ विकेटले पराजित गर्यो।

सनसनीपूर्ण अन्त्य भएको खेलमा इस्लामावाद युनाइटेडले दिएको १४४ रनको लक्ष्य लाहोर कलन्दर्सले ५ विकेट गुमाएर अन्तिम बलमा भेटायो।

खेल जित्न अन्तिम ओभरमा १६ रन आवस्यक भएको अवस्थामा राशिद खानले हुसेन तलतले गरेको २० औं ओभरको पहिलो ३ बलमा चौका प्रहार गरेका थिए। चौथो बलमा २ रन तथा पाँचौ बलमा १ रन लिंदै राशिदले टिम डेभिडलाई स्ट्राइक दिएका थिए। अन्तिम बलमा जित्न आवस्यक १ रन डेभिडले प्रहर गर्दै टिमलाई रोमान्चक जित दिलाए। अन्तिम ८ बलमा राशिद र डेभिडले २२ रनको साझेदारी गरे।

टिम डेभिडले अविजित २३ रन तथा राशिदले अविजित १५ रन बनाए। यस अघि कप्तान तथा ओपनर सोहेल अख्तरले सर्वाधिक ४० रन बनाएका थिए जुन क्रममा उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै मोहम्मद हफिजले २९ रन र बेन डंकले १७ रन बनाए।


इस्लामावादको बलिंगमा हसन अलिले २ विकेट  ४-०-२७-२ ) लिए भने फहीम अश्रफ ( ४-०-३१-१ ) , फवाद एहमद ( ४-०-२४-१ ) र शदाव खान ( ३-०-२३-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इश्लामावादले २० ओभरमा ९ विकेट क्षेतीमा १४३ रन बनाएको थियो। इश्लामावादको लागि फहीम अश्रफले सर्वाधिक २७ रन, उस्मान ख्वाजाले १८ रन तथा हुसेन तलत र हसन अलिले समान १४ रन योगदान दिए।

नवौं विकेटको लागि फहीम अशरफले मोहम्मद वासिमसंग गरेको ३० रनको साझेदारीनै इश्लामावादको लागि सर्वाधिक साझेदारी थियो।

लाहोरको बलिंगमा जेम्स फल्कनरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। अहमद ड्यानियल ( ४-०-२९-२ ) र हरिस रौफ ( ४-०-२८-२ ) ले समान २ विकेट लिए। शाहिन अफ्रिदी ( ४-०-३७-१ ) र राशिद खान ( ४-०-९-१ ) ले समान १ विकेट लिए।

जितपछि लिग अंकतालिकामा लाहोर शिर्षस्थानमा उक्लेको छ जसले ५ खेल खेल्दा ४ जित र १ हार बेहोरेको छ। ५ खेलमा ३ जित र २ हार बेहोरेको इस्लामावाद ६ अंक सहित चौथो स्थानमा रहेको छ। समान ६ अँक रहेको कराची दोश्रो र पेशावर तेश्रो स्थानमा रहेको छ। समान २ अंक रहेको मुल्तान र क्वेटा पाँचौ र छैठौं स्थानमा रहेको छ।

लिग अन्तर्गत बिहिबार दुईवटा खेलहरु हुनेछन्। पहिलो खेलमा राति ६:४५ बजे मुल्तान सुल्तान र कराची किंग्स तथा दोश्रो खेलमा राति ११:४५ बजे पेशावर जाल्मी र लाहोर कलन्दर्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नु : 

पीएसएल : राशिद खानले ४ ओभरमा खर्चिए मात्र ९ रन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy