लाहोर कलन्दर्सलाई २८ रनले पराजित गर्दै इश्लामावाद युनाइटेड पाकिस्तान सुपर लिग अंकतालिकाकको शिर्ष स्थानमा उक्लेको छ।
अबुधबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा इश्लामावादले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा लाहोरले १८.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा लाहोर ओपनर फखर जमान र सोहेल अख्तरले ५५ रनको साझेदारी गरेका थिए। छैठौ ओभरमा ३४ रन बनाएका अख्तरलाई फवाद एहमदले मुहम्मद मुसाले एलबिडब्लु पार्दै इश्लामावादलाई खेलमा फर्काए। त्यसपछि जमानले एक किनार सम्हालेता पनि अन्य ब्याट्सम्यान लगातार आउट हुन पुगे। जिशान अशरफ १ रन, मोहम्मद हफिज ८ रन, बेन डंक १ रन मात्र बनाएर आउट भए। १३ औं ओभरमा ४४ रन बनाएका जमानलाई मुसाले क्याच आउट गराए।
जमानको विकेट जाँदा ९३/५ को अवस्थामा रहेको लाहोरले त्यसपछि थप ३१ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एघारौँ नम्बरका ब्याट्सम्यान हरिस रौफले १७ रन बनाएता पनि जितको लागि पर्याप्त थिएन।
इश्लामावादको बलिंगमा मुहम्मद मुसाले सर्वाधिक ३ विकेट ( ३-०-१८-३ ) लिए। फवाद एहमद ( ४-०-२७-२ ) , शदाब खान ( ४-०-१४-२ ) ले समान २ विकेट लिए। अलि खानले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको इश्लामावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो।
Super stuff by this duo 👌🏼 #MatchDikhao l #HBLPSL6 I #IUvLQ pic.twitter.com/nA9nMCtdck
— PakistanSuperLeague (@thePSLt20) June 13, 2021
२० रनमै सुरुवाती ५ विकेट गुमाएको इश्लामावादको इनिंग्स इफ्तिखार एहमद र असिफ अलिले उकासेका थिए। दुवैले छैठौं विकेटको लागि १२३ रनको साझेदारी गरे। असिफले ४३ बलमा ६ चौका र ५ छक्का मद्दतले ७५ रन तथा इफ्तिखारले ३७ बलमा ६ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लाहोरको बलिंगमा जेम्स फल्कनरले ३ विकेट ( ४-०-१९-३ ) लिए जुन क्रममा माथिल्लो क्रमका कोलिन मुनरो, रोहेल नाजिर र हुसेन तलतको विकेट लिए। यस्तै शाहिन अफ्रिदी ( ४-०-१९-२ ) र हरिस रौफ ( ४-०-२९-२ ) ले समान २ विकेट लिए।
अंकतालिका
जितपछि इश्लामावाद ७ खेलमा ५ जित र २ हार बेहोर्दै १० अंक सहित अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। समान १० अंक रहेता पनि लाहोर नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा रहेको छ।

