एलआरआई भाइकिंग्सलाई उपाधि

एलआरआई भाइकिंग्सले दोश्रो एलआरआई प्रिमियर लिग प्रतियोगिताको उपाधि जितेको छ।

उपाधिको लागि शुक्रबार भएको खेलमा भाइकिंग्सलेले एलआरई माभियकर्सलाई ९ विकेटले पराजित गर्यो।

जितको लागि पाएको ६२ रनको लक्ष्य भाइकिंग्सले ७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित भाइकिंग्सका प्रतिक रावलले ३ विकेट लिए। यस अघि एलआरई माभियकर्सले ७. ५ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी अनुप सिंह घोषित भए। यस्तै उत्कृस्ट ब्याटर योगेश चटौत, उत्कृस्ट बलर सार्थक काफ्ले, उत्कृस्ट फिल्डर सुधिर मल, उत्कृस्ट विकेटकिपर अभि थपलिया घोषित भए। उदयमान खेलाडी आदित्य भट्ट तथा महिलातर्फ चिरायु जिसी उत्कृस्ट घोषित भईन्।

कलंकी स्थित एलआरआई स्कुलको अन्तरिक प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए।

एलआरआई स्कुलले ६ वटा अन्तरिक टिम बीच प्रतियोगिता आयोजना गरेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy