जहिर बने लखनउको मेन्टर

जहीर खान इन्डियन प्रिमियर(आइपिएल) मा लखनउ सुपर जायन्ट्स मा मेन्टरको रूपमा नियुक्त भएका छन् । लखनउमा आईपीएल २०२३ पछि गौतम गम्भीरको बहिर्गमनको कारण उक्त स्थान रिक्त रहेको थियो । सन् २०२४ को आइपिएलका लागि कोलकाता नाइट राइडर्समा प्रशिक्षकको भूमिका निर्वाह गरेका गम्भीर भारतीय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् ।

मोर्ने मोर्केलले लखनउ छोडेपछि जहीरले बलिङ प्रशिक्षकको जिम्मेवारी पनि सम्हाल्नेछन् । जहीरले आफ्नो नियुक्तिपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू बलिङ प्रशिक्षक हुने बारे केही बताएनन्, तर मुस्कुराउँदै भने, ‘यदि म सेटअपमा छु भने, के टोलीलाई अर्को बलिङ प्रशिक्षक चाहिन्छ ?’

सन् २०१८ देखि २०२२ सम्म, जहीर मुम्बई इन्डियन्स फ्रेन्चाइजीमा संलग्न थिए । उनले मुम्बईमा पहिले क्रिकेट निर्देशक र त्यसपछि क्रिकेट विकासको प्रमुखको रूपमा काम गरेका थिए । त्यसअघि उनले मुम्बई, रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली डेयरडेभिल्सगरी तीन आइपिएल टिममा खेलेका थिए ।

आइपिएलमा जहीरको पुनरागमन यस्तो समयमा भएको छ । जतिबेला सबै टिमहरु मेगा अक्सनको तयारीमा जुटेका छन् । आइपिएलले सेप्टेम्बरको सुरुमा रिटेन्सन नियम घोषणा गर्ने सम्भावना छ ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]