Nepal T20 : रोमान्चक खेलमा जनकपुर पराजित, लुम्बिनी फाइनलमा

लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

जितका लागि लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटियो । स्कोरकार्ड 

जित्न अन्तिम दुई ओभरमा जनकपुरलाई ३३ रन आवस्यक रहंदा स्याडले भान स्कालविकले उन्नाईसौं ओभरमा २३ रन खर्चिएका थिए। उक्त ओभरको पहिलो दुई बलमा समीउल्लाह शिनवारिले २ छक्का प्रहार गरेका थिए भने तेश्रो बलमा उनि क्याच आउट भए। ओभरको पाँचौ र छैठौं बलमा पवन सर्राफले चौका र छक्का प्रहार गरे। अन्तिम ओभरमा जित्न १० रन आवस्यक हुँदा किशोर महतोले अन्तिम ओभरमा ४ वटा बल डट फाल्दै मात्र ३ रन खर्चेर जित दिलाए। ओभरको पहिलो बलमा सोमपाल कामिले १ रन लिएपछि लगातार तिन बलमा पवन सर्राफले रन बनाउन सकेनन्। पाँचौ बलमा २ रन लिएपछि सर्राफले अन्तिम बलमा रन बनाउन सकेनन्।

जनकपुरका लागि शमिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन बनाए ।यस्तै पवन सर्राफले अविजित ३० रन, शराफुद्दिन अशरफले २४, राजेश फुामीले १३ र कप्तान ट्रेभोन ग्रिफिथले १० रन बनाए । बलिङमा लुम्बिनीका विपुल शर्मा, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले दुई दुई विकेट लिए । श्याड्ली भानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाए । अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले अविजित १७ र लाहिरु मिलान्थाले १६ रन बनाए ।

बलिङमा जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई दुई विकेट लिए । पवन सराफ र ट्राभोन ग्रिफिथले एक एक विकेट लिए । पराजित जनकपुरले अव एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच सोमबार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]