Nepal T20 : शीर्ष स्थानमा रहँदै लुम्बिनी क्वालिफायरमा प्रवेश

नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार जित निकालेको छ।

यसअघि नै प्लेअफमा पुगो लुम्बिनीले बुधबार काठमाडौँ नाइट्सलाई १०२ रन निकाल्दै आठौँ खेलमा विजयी भएको छ ।

जितसँगै लुम्बिनीको शीर्ष दुई स्थान पक्का भएको छ भने क्वालिफायरमा प्रवेश गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोड्यो।

उसका लागि हरमित सिंहले ३६ बलमा २ चौका र ८ छक्काको मद्दतमा ७० रन जोडे। लाहिरु मिलान्थाले २६ रन र गुल्शन झाले २१ रनको योगदान गरे।

बलिङमा काठमाडौँका अभिनास बोहराले ३ विकेट र बासिर अहमेदले २ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.४ ओभरमा ८१ रनमै अलआउट भयो।

उसका लागि बासिरले २२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले १५–१५ रन जोडे। कमलसिंह ऐरीले १६ रन बटुले।

बलिङमा लुम्बिनीका कुशल भुर्तेल, ईशान पाण्डे र ह्यारी टेक्टरले २–२ विकेट लिए।

अङ्क तालिकामा ९ खेलबाट १६ अङ्क जोड्दै शीर्ष स्थानमा छ भने काठमाडौँ ८ खेलबाट ८ अङ्क जोड्दै तेस्रो स्थानमा छ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]