U19 National : प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीद्वारा सुदूरपश्चिम २ विकेटले पराजित

२०७८ मंसिर १०, शुक्रबार १७:३३

सुदूरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दा दोश्रो खेलमा प्रदेश-१ संग पराजित भएको थियो। सुदूरपश्चिम पहिलो खेलमा प्रदेश-२ संग २ विकेटलेनै पराजित भएको थियो।

मुलपानी मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको २४१ रनको लक्ष्य लुम्बिनीले ८ विकेट क्षेतीमा ४८.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर देभ खनालले पहिलो विकेटको लागि आकाश त्रिपाठीसंग ४१ रनको साझेदारी गरे। पन्ध्रौँ ओभरमा त्रिपाठी १७ रन बनाएर आउट भए। दोश्रो विकेटको लागि देव र बिराट भण्डारीले ६० रन जोडे। पच्च्चिसौ ओभरमा बिराट ३२ रनमा रन आउट भए जसपछि देवले बिशाल बिक्रम केसीसंग ३९ रन जोडे। त्यसपछि प्रज्वल थापा खाता नखोली आउट भए। पाँचौ विकेटको लागि देव र वासिर एहमदले ५६ रनको साझेदारी गरे।

एकचालीसौं ओभरमा देव खनाललाई आकाश चन्दले बोल्ड गरे। त्यस अघि खनालले १३२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। लगत्तै नरेश नेपाली र दुर्गेश गुप्त समान १ रन बनाएर आउट भए। फलस्वरुप लुम्बिनी २०३/७ को अवस्थामा पुग्यो। वासिर एहमदले एक किनार सम्हाल्दै आठौँ विकेटको लागि मोहम्मद हुसेनसंग २६ रन जोडे। सतचालीसौं ओभरमा ११ रन बनाएर हुसेन आउट हुँदा जितको लागि लुम्बिनीलाई १२ रन आवस्यक थियो। एहमदले नवौं विकेटको लागि अभिषेक गौतमसंग साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। वासिर एहमदले अविजित ३८ रन बनाए जुन क्रममा ३९ बलमा १ चौका र २ छक्का प्रहार गरे। गौतमले ६ बलमा अविजित १ रन बनाए।

सुदूरपश्चिमको बलिंगमा आकाश चन्दले सर्वाधिक ३ विकेट ( ९.३-०-३९-३ ) लिए भने शेर मल्लले २ विकेट ( १०-२-३९-२ ) तथा नरेन्द्र साउद र खडक बोहराले समान एक विकेट लिए।

सुदूरपश्चिमका बसन्त कार्की र नारायण जोशीले अर्धशतक प्रहार गरे

यस अघि टस जितेर पहिले ब्याटिंग रोजेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनाएको थियो। सुदूरपश्चिमको ब्याटिंगमा नारायन जोशीले ७४ बलमा ४ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए । यस्तै, बसन्त कार्कीले ७६ बलमा ४ चौका र २ छक्का मद्दतले ५७ रन बनए। राहुल भण्डारीले ३७ तथा शेर मल्लले अन्तिममा अविजित २४ रनको योगदान दिए ।

सुदूरपश्चिमको सुरुवात अत्यन्तै खराब रह्यो जुन क्रममा १० रनको योगफलमै ५ विकेट गुमाएको थियो । त्यसपछि बसन्त कार्कीले अर्जुन साउदसँग छैटौं विकेटका लागि ६६ तथा राहुल भण्डारीसँग सातौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिंग्स सम्हाले । बसन्त कार्की आउट भएपछि भण्डारी र नारायन जोशीले आठौँ विकेटका लागि ८२ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।

लुम्बिनीको बलिंगतर्फ मोहम्मद हुसैनले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । यस्तै, दुर्गेश गुप्ताले २, राहुल चौधरी वासिर अहमद र बिशाल बिक्रम केशीले समान १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy