Nepal T20 : भिडियो मार्फत लुम्बिनी अल स्टार्सको जर्सी सार्वजनिक

यही डिसेम्बर २३ तारिक देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगको टिम लुम्बिनी अल स्टार्सले “टिम जर्सी” सार्वजनिक गरेको छ। लिगमा सहभागी ६ टिम मध्ये जर्सी सार्वजनिक गर्ने लुम्बिनी पहिलो टिम हो।

आफ्नो सोसल मिडिया ह्यान्डल मार्फत आकर्षक भिडियो मार्फत अलस्टार्सले जर्सी सार्वजनिक गरेको छ। उक्त भिडियोमा टिमको मार्की खेलाडी समेत रहेका राष्ट्रिय क्रिकेटर दिपेन्द्र सिंह ऐरी लगायत राष्ट्रिय क्रिकेटरहरु कुशल भुर्तेल, सागर ढकाल र गुल्सन झालाई फिचर गरिएको छ।

जर्सीमा ‘नेभी ब्ल्यु र गोल्ड’ कलर मिश्रित छ जसमध्ये नेभीले कल्पनाशीलता तथा गोल्डले विश्वास, सम्मान र इमान्दारितालाई प्रतिनिधत्व गर्ने भिडियोमा बताईएको छ। टिमको जर्सीले व्यक्तित्व झल्काउदै उर्जा समेत प्रदान गर्ने तथा जर्सीमा अंकित तारा ( Star ) ले टिमको प्रत्येक खेलाडी प्रतिभावान र स्टार हुन् भन्ने भाव झल्काउने बताईएको छ।

“हाम्रो उद्देश्य भिडियो मार्फत समर्थकहरुलाई टिमसंग भावनात्मक रुपमा जोड्ने हो।” टिम मालिक आशिक तामाङले विकेटनेपाललाई बताए। तामाङ लगायत टिममा पूर्व राष्ट्रिय क्रिकेटर वरदान चालिसे, सन्जय शर्मा, र उत्सव सिग्देल मालिक छन् जो अमेरिकामा व्यवसायी हुन्।

अलस्टार्सले विदेशी खेलाडीको रुपमा हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्थालाई आवद्ध गरेको छ। यस्तै राष्ट्रिय क्रिकेटरहरु दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो टिममा छन्।

लुम्बिनी अल स्टार्स टिम :  दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो, योगेन्द्र सिंह कार्की, आकाश चन्द, हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy