लुम्बिनी खुकुरी र वेष्टर्न फाइनलमा

shankar rana
  • विकेटनेपाल, भैरहवा, १० चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगितामाको फाइनलमा खुकुरी र वेष्टर्न प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले बुम एमसिसी भैरहवालाई ६३ रनले पराजित गर्दै फाइलन पुगेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको खुकुरीले निर्धारित खेलमा ५ विकेटको क्षतिमा १ सय १८ रन बनायो । उसका लागि रोहित पौडेलले नटआउट ६४, कप्तान अन्तिम थापाले १७, निश्चल चौधरी १६ र लालबहादुर अधिकारीले नटआउट १५ रन बनाए । बलिंगमा एमसिसीका लागि सन्दीप केसी, रोशनलाल गुप्ता, भिमबहादुर सुनार र तुलाराम थापाले समान १।१ विकेट लिए ।

जवाफी ब्याटिंगमा मैदान छिरेको एमसिसीले निर्धारित खेलमा १७.५ बलमा सबै विकेट गुमाउँदै ८५ रनमात्र बनाउन सक्यो । उसका लागि सन्दीप केसीले १४, भिमबहादुर सुनारले १३ रन बनाए । बलिंगमा खुकुरीका लागि मानबहादुर थापा, शाह आलम, दर्गेश गुप्ता र लालबहादुर अधिकारीले समान २।२, रोहित पौडेल र इकलाख अहम्मदले समान १।१ विकेट लिए । खेलको म्यान अफ द म्याच खुकुरीका रोहित पौडेल घोषित भए ।

rohit poudel
त्यस्तै बिहीबारै भएको दोस्रो खेलमा वेष्टर्न क्रिकेट क्लब बुटवलले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई १३रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेष्टर्नले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । उसका लागि सन्दीप सुनारले ४८, प्रकाश केसीले २६ र राहुल विकले २२ रन बनाए । बलिंगमा होराइजनका लागि कुशल मल्ल र युवराज सेनले समान २।२, शक्ति गौचन, निर्मल थापा र गणेश गौडेलले समान १।१ विकेट लिए ।

प्रतिउत्तरमा मैदान छिरेको होराइजनले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २५ रनमै समेटियो । उसका लागि विशाल खत्रीले ३८, नूरध्वज सेनले २१ र राजु शाहीले १८ रन बनाए । बलिंगमा वेष्टर्नका धिरज शाही र विक्रम भुसालले समान २।२ विकेट लिए । खेलमा वेष्टर्नका सन्दीप सुनार म्यान अफ द म्याच घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५/५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गते सकिनेछ । प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]