लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९९ रनमा सम्पूर्ण विकेट गुमाउँन पुग्यो। सुदूरपश्चिमको लागि लोकेश बमले सर्वाधिक २५, खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन बनाए।

लुम्बिनी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर अजय चौहानले ५ विकेट लिए जुन क्रममा ५.२ ओभरमा २० रन खर्चिए। दुर्गेश गुप्ताले ३ विकेट ( ९-३-१९-३ ) तथा मोहम्मद हुसेनले २ विकेट ( ८-१-३३-२ ) लिए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीको ब्याटिंगतर्फ कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ७० रन बनाए । यस्तै, बिशाल बिक्रम केशीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्ज्वल थापाले २४ रनको योगदान दिए ।

पहिलो ओभरमै आकाश त्रिपाठी खाता नखोल्दै आउट भएपछि कप्तान देव खनाल र प्रज्ज्वल थापाले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । आकाश चन्दले प्रज्ज्वल र देवलाई आउट पारेपछि विशाल बिक्रम केशीले दबाबपूर्ण अवस्थामा अर्धशतक बनाउँदै लुम्बिलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए । अन्तिममा दुर्गेश गुप्ताले ३२ रनको पारि खेल्दै लुम्बिनीको योगफल २०० रन पार गराएका थिए ।

सुदूरपश्चिमको बलिंगतर्फ आकाश चन्दले ( १०-०-४७-३) सर्वाधिक ३ तथा शेर मल्ल ( १०-१-१७-२ ) र हेमन्त धामीले ( १०-२-३७-२) समान २ विकेट लिए । यस्तै, नरेन साउद र राहुल भण्डारीको नाममा समान १ विकेट रह्यो ।

लुम्बिनी लिग चरणमा अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने सुदूरपश्चिम उपविजेताको रुपमा फाइनल पुगेको थियो।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]