लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग एनपिएलका लागि लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।

साेमबार एक कार्यक्रमकाबीच लुम्बिनीले नयाँ लोगो सार्वजनिक गरेको हाे।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भने, “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ। बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ।” “लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ।”

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु.२४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ। सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy