नेपाल भ्रमणमा आएका पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।
बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए ।
यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरूसँग भेटेका हुन् ।
यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दलाई भेटेका थिए ।
रिजवानले सन्दिपसँगै राष्ट्रिय क्रिकेटर संग पनि केही समय बिताएका छन् । भेटका क्रममा सन्दीपलाई हौसला दिंदै देशका लागि राम्रो खेल्न प्रोत्साहित गर्दै चाँडै अन्तर्राष्ट्रिय लिगहरूमा देख्न पाउने विश्वास समेत व्यक्त गरेका थिए। आईतबार आएका उनी आज पाकिस्तान फर्किसकेका छन् ।
