मोहम्मद शामीको IPL करियरकै उत्कृस्ट बलिंग

किंग्स-११ पन्जाबका तीव्र गति बलर मोहम्मद शामीले दिल्ली क्यापिटल्स बिरुद्ध आईपीएल करियरकै उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका छन्। खेलमा टस जितेर बलिंग रोजेपछि पन्जाबलाई उत्कृस्ट सुरुवात दिलाएका भारतीय दायाँ हाते फास्ट बलरले ४ ओभरको स्पेलमा मात्र १५ रन खर्चेर ३ विकेट लिए।

यस क्रममा उनले स्पेलको पहिलो ओभरमा २ रन खर्चेका थिए। यस्तै दोश्रो ओभरमा २ विकेट लिने क्रममा उनले तेश्रो र छैठौं बलमा पृथ्वी शा र शिमरन हेटमायरको विकेट लिंदै मात्र ५ रन मात्र खर्चिए। त्यसपछि तेश्रो ओभरमा मात्र २ रन खर्चेका शामीले चौथो ओभरमा ७ रन खर्चिदा दिल्ली कप्तान श्रेयस ऐयरको महत्वपूर्ण विकेट दिलाएका थिए।

आईपीएल करियरमा शामीको उत्कृस्ट बलिंग यस अघि गत सिजन मुम्बई इन्डीएन्स बिरुद्ध २१ रन खर्चेर ३ विकेट लिनु रहेको थियो। २ खेल बाहेक शामीले ३ विकेट अरु खेलमा लिएका छैनन्। लिग करियरमा शामीले कुल ५० खेल खेल्दा ४३ विकेट लिएका छन्।

खेलमा पहिले ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाउदै पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। दिल्लीको लागि अस्ट्रेलियन दायाँ हाते ब्याट्सम्यान मार्कस स्टोइनिसले आक्रामक अर्धशतक बनाउने क्रममा २१ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। पन्जाबको बलिंगमा शामीको ३ विकेट बाहेक शेल्डन कटरेलले २ विकेट ( ४-०-२४-२ ) , डेब्यु गरिरहेका लेग स्पिनर रभी बिस्नोइले १ विकेट ( ४-०-२२-१ ) लिए।

यो पनि पढ्नुस –

IPL Match2 : स्टोइनिसको विस्फोटक अर्धशतक, दिल्लीले बनायो १५७

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

IPL : सबै ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफल

IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy