IPL : अस्थिर कोलकातालाई हराउदै मुम्बईलाई पुनः शिर्षमा पुग्ने अवसर

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ३२ औं खेलमा रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्स र ओएन मोर्गनको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

यस अघि ७ खेलमा १० अंकसहित मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता ४ जित र ३ हारपछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा छ। मुम्बईलाई आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लने मौका छ। कोलकाता आज विजयी भएको खण्डमा तेस्रो स्थानमा उक्लने छ भने शिर्ष-४ मा पर्ने सम्भावना मजबुत हुनेछ।

मुम्बई : निकै सन्तुलित देखिएको मुम्बई पछिल्लो ४ खेलमा अपराजित छ। सुर्यकुमार यादवको उत्कृष्ट लयले टिमलाई थप मजबुत बनाएको छ। रोहित शर्मा, क्विन्टम डिकक र इशान किशन जस्ता विस्फोटक ब्याट्सम्यानले सजिएको मुम्बईको ब्याटिंगमा कायरन पोलार्ड, हार्दिक पाण्ड्या र क्रुनल पाण्ड्या जस्ता विस्फोटक ब्याट्सम्यान छन् जसले खेलको नतिजा परिवर्तन गर्ने क्षमता राख्ने गर्छन। टिम कप्तान रोहितको प्रदर्शनमा टिम स्थिरता चाहन्छ।

मुम्बईको बलिंगमा राम्रो मिश्रण रहेको छ। ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जस्प्रिट बुम्राह जस्ता घातक तिव्र गतिका बलरले राम्रो प्रदर्शन गरिरहेका छन्। फिंगर स्पिनर क्रुनालको चलाखीपूर्ण बलिंग र लेग-स्पिनर राहुल चाहरले किफायती बलिंग गर्दै महत्त्वपूर्ण विकेट दिलाएका छन्।

कोलकाता : पछिल्लो खेलमा बैंगलोर विरुद्ध ८२ रनको फराकिलो हार बेहोरेको कोलकाताको प्रदर्शन स्थिरता छैन। शुभमन गिल राम्रो लयमा रहेता पनि अन्य ब्याट्सम्यानको प्रदर्शनमा उतारचढाव रहेको छ। राम्रो लयमा रहेका गिलको ब्याटबाट रन बनिरहेको छ। ओपनर ब्याट्सम्यान राहुल त्रिपाठीले राम्रो लयलाई निरन्तरता दिनुपर्नेछ। कोलकाताको ब्याटिंगमा दिनेश कार्तिक, ओएन मोर्गन र आन्द्रे रसेल जस्ता विस्फोटक ब्याट्सम्यानहरु रहेका छन् तर पनि ब्याटिंग क्रम र प्रदर्शनमा स्थिरताको अभाव टिममा छ।

कोलकाताको बलिंगतर्फ अस्ट्रेलियन पेसर प्याट कमिन्सको उत्कृस्ट लय अझै देख्न बाँकी रहेको छ। राम्रो प्रदर्शन गरिरहेका शिभम माभीको स्थानमा मौका पाएका दायाँ हाते तिव्र गतिका बलर प्रसिद्ध कृष्णाले सन्तोषजनक प्रदर्शन गरेका छन्। स्पिनर वरुण चक्रवतीले किफायती बलिंग गर्नु साथै विकेट लिएका छन्। आन्द्रे रसेलको तिखो बलिंग देख्न बाँकी रहेको छ।

पछिल्लो भेट : जारी सिजन लिग अन्तर्गत पाँचौ खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा कोलकाता ४९ रनको फराकिलो अन्तरले पराजित भएको थियो। पहिले ब्याटिंग गरेको मुम्बईले कप्तान रोहितको ५४ बलमा ८० रनको पारीको मद्दतमा १९६ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा कोलकाताले मात्र १४६ रन बनाउन सकेको थियो।

हेड टु हेड : हालसम्म यी दुई टोलि कुल २६ पटक आमने-सामने भएका छन् जसमा मुम्बईको निकै दबदबा रहेको छ। मुम्बईले २० खेलमा जित आत्मसात गर्दा कोलकाता मात्र ६ खेलमा विजयी भएको थियो। मुम्बई २०१५ देखि कोलकाता विरुद्ध अपराजित रहेको थियो जुन यात्रालाई गत सिजन कोलकाताले पुर्णविराम लगाएको थियो। गत सिजन घरेलु मैदानमा सम्पन्न खेलमा कोलकाता ३४ रनले विजयी हुँदा मुम्बईले आफ्नै घरेलु मैदानमा ९ विकेटको सहज जित निकालेको थियो।

दुबै टिममा हुन सक्ने परिवर्तन :

मुम्बई : लासिथ मालिंगालाई प्रतिस्थापन गरेका अष्ट्रेलियालि फास्ट बलर जेम्स प्याटिन्सनको प्रदर्शन सन्तोषजनक रहेको छ। नाथन कुल्टर-नाइलको चोट बारे कुनै औपचारिक जानकारी नरहदा मुम्बईले कुनै परिवर्तन गर्न आवश्यक छैन।

मुम्बईको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

कोलकाता : बलिंग याक्सन अबैध पाइएपछि चेतावनी पाएका सुनिल नारायण खेल्छन् या खेल्दैनन् भन्ने दुबिधामा रहदा कोलकाताले टम ब्यान्टनलाई अर्को मौका दिन्छ या दिदैन हेर्न लायक हुनेछ। नारायण नेटमा आफ्नो याक्सन सुधार गर्ने प्रयास गरिरहेका छन्। टम ब्यान्टनले निरन्तरता पाउदा राम्रो प्रदर्शन गरेका त्रिपाठी ७ नम्बरमा धकेलिनु पर्ने हुन्छ। पिच सुस्त रहदा टिमले करेबियन प्रिमियरमा (सिपिएल) लिगमा गजबको प्रदर्शन गरेका क्रिश ग्रिनलाई मौका दिनसक्छ। न्युजिल्यान्डका फास्ट बलर लक्की फर्गुसन राम्रो विकल्पको रुपमा छन्। टिमले कुलदिप यादवलाई पुनः मौका दिनसक्छ। ब्यान्टन खेलेको अवस्थामा त्रिपाठीले एक नम्बरमा मौका पाउन सक्छन् जसकारण कुल्दिपले खराब लयमा रहेका नितिश राणा या कमलेश नगरकोटीको स्थान लिनसक्छन्।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, टम ब्यान्टन/लकि फर्गुसन, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, कमलेश नगरकोटी/कुलदिप यादव, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

रोचक रेकर्ड 

१. रोहित शर्मा मुम्बईका लागि लिगमा ४००० रन पूरा गर्नबाट ५६ रन टाढा छन्।

२. लिगमा ५० विकेट हात पार्नबाट ट्रेन्ट बोल्ट १ विकेट टाढा छन्।

३. ओएन मोर्गन लिगमा ५० छक्का प्रहार गर्नबाट ५ छक्का टाढा छन्।

IPL : डी भिल्लीयर्सलाई नम्बर ६ मा किन पठाइयो ? कोहलीले के भने

बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”

रोमान्चक खेलमा बैंगलोर बिरुद्ध पन्जाब अन्तिम बलमा विजयी





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]