IPL : आज दुई खेल हुँदै, कोलकाता र दिल्ली तथा पन्जाब र हैदरावाद बीच प्रतिस्पर्धा

२०७७ कार्तिक ८, शनिबार १४:२९

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार दुई खेलहरु हुँदैछन्। लिगको ४२ औं तथा दिनको पहिलो खेलमा ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स र श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। यस्तै, लिगको ४३ औं तथा दिनको दोस्रो खेलमा केएल राहुल कप्तानीको किङ्ग्स-११ पन्जाबले डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादको सामना गर्दैछ जुन खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

कोलकाता नाइट राइडर्स VS दिल्ली क्यापिटल्स  

हालसम्म १० खेल खेलेको दिल्ली ७ जित र ३ हारपछि १४ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा छ। दिल्लीलाई आज जित हात पार्दै शिर्ष-४ मा आफ्नो स्थान सुरक्षित पार्नुका साथै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ। यस्तै, समान १० खेल खेलेको कोलकाता १० अंकसहित अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाताले आज जिते शिर्ष-४ सम्भावना बलियो हुनेछ।

कोलकाता :- नवनियुक्त कप्तान ओएन मोर्गनको नेतृत्वमा रहेको कोलकाता १० अंकसहित चौथौं स्थानमा छ। हालसम्म कोलकाताले आफुले चाहेको अन्तिम-११ पाएको छैन। हरेक खेलमा परिवर्तन गर्दै कोलकाताले आफ्नो खेलाडीमा भरोसा देखाएको छैन। युवा खेलाडी सुभमन गिलले परिपक्वता ब्याटिंग गर्दै प्रदर्शनमा स्थिरता ल्याएका छन् तर ब्याटिंग भने सुस्त रहेको छ। उनलाई अन्य ब्याट्सम्यानले साथ दिनसकेका छैनन्। राहुल त्रिपाठीले सुरुवाती खेलहरुमा राम्रो प्रदर्शन गरेता पनि त्यसलाई निरन्तरता दिनसकेका छैनन्। टम ब्यान्टनले पाएको अवसरमा खास प्रदर्शन गर्नसकेका छैनन्।

खराब लयमा रहेका नितिश राना रन बनाउन संघर्षरत छन् जसले जारी सिजन १० खेलमा मात्र १८४ रन बनाएका छन्। पूर्व कप्तान दिनेश कार्तिकले हैदरावाद विरुद्ध विस्फोटक ब्याटिंग गर्दै अर्धशतक बनाएता पनि प्रदर्शनमा निरन्तरता देखाउनु पर्छ । प्रमुख खेलाडी आन्द्रे रसेलको प्रदर्शन अझै देख्न पाइएको छैन चोटका कारण पछिल्लो खेल गुमाएका थिए। ओएन मोर्गन लयमा रहेका छन् जसलाई मध्यक्रममा साथको आवस्यकता छ। बलिंग अल-राउण्डर प्याट कमिंसले मुम्बई बिरुद्ध अर्धशतक बनाउदै टिमको ब्याटिंग गहिराइ देखाएका छन्। तर बलिंगमा भने कमिन्सले धार देखाउन सकेका छैनन्।  आफ्नो प्रमुख खेलाडी आन्द्रे रसेल, सुनिल नारायण र प्याट कमिंसले सोचे अनुरुप प्रदर्शन गर्न सक्दा टिम चुक्न पुगेको छ।

बलिंगतर्फ युवा फास्ट बलर शिभम मावी र प्रसिद्ध कृष्णले प्रभावशाली प्रदर्शन गरेका छन्। टिमले आफ्नो दुई प्रभावशाली युवा खेलाडीमा भरोसा देखाएको छैन। आन्द्रे रसेलको निर्णायक मोडमा सम्हालिएको बलिंगका कारण कोलकाताले जित निकाल्न सकेको छ। वरुण चक्रवतीले किफायती बलिंग गर्नु साथै महत्वपूर्ण विकेट लिएका छन्। पछिल्लो २ खेलमा मौका पाएका लक्की फर्गुसनले घातक बलिंग गरेका छन्।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, सुनिल नारायण/आन्द्रे रसेल, नितिश राना, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, लकी फर्गुसन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, कुलदिप यादव, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

दिल्ली :-  पछिल्लो २ खेलमा शतक बनाएका शिखर धवनको लय दिल्लीलाई झनै बलियो बनाएको छ। श्रेयस अय्यर र मार्कस स्टोइनिस राम्रो लयमा छन्। पृथवी श पछिल्लो खेलहरुअ रन बनाउन संघर्षरत छन्। पन्त र हेटमायरको आगमनले टिम थप मजबुत बनेको छ।

दिल्लीको बलिंग मजबुत पक्ष हो। कागिसो रबाडा र एनरिक् नोर्किया उत्कृस्ट लयमा छन्। हालसम्म रबाडाले २१ विकेट हात पार्दै पर्पल क्याप नाम गरेका छन् भने नोर्कियाले १२ विकेट लिईसकेका छन्। बायाँ हाते फिंगर स्पिनर अक्षर पटेल विरुद्ध रन बनाउन विपक्षि टोलिलाई कठिन भैरहेको छ। रविचन्द्रन आश्विनले किफायती बलिंग गर्दै महत्वपुर्ण विकेट दिलाएका छन्।

दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुसार देसपाण्डे/मोहित शर्मा

किङ्ग्स-११ पन्जाब VS सनराइजर्स हैदरावाद  

दुबै टोलि १० खेलमा समान ८ अंकसहित अंकतालिकाको पाचौं (सनराइजर्स हैदरावाद) र छैटौं (किङ्ग्स-११ पन्जाब) स्थानमा छन्। दुबै टोलि आज जित हात पार्दै शिर्ष-४ मा पर्ने सम्भावना मजबुत पार्न चाहन्छन्।

हैदरावाद :- पछिल्लो खेलमा राजस्थानलाई ८ विकेटले पराजित गरेको हैदरावाद प्रदर्शनमा स्थिरता चाहन्छ। ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नर खराब लयमा रहेका छन्। वार्नरले सुस्त ब्याटिंग गर्दै हैदरावादको पारी सम्हालेता पनि त्यसको फाइदा उठाउदै विशाल योगफलतर्फ डोर्याउन मिडल अर्डरमा आक्रामक ब्याट्सम्यानको कमी देखिएको छ। मनिष पाण्डे पछिल्लो खेलमा विस्फोटक पारी खेल्दै लयमा फर्किएका छन्। विजय शंखर पनि लयमा फर्किदा हैदरावादको मिडल अर्डर मजबुत देखिएको छ। टिमको लागि कप्तान वार्नर र जोनी बेयरस्टोबाट रन बन्न जरुरी छ।

बलिंगतर्फ भेट्रान तिव्र गतिका बलर भुवनेश्वर कुमारको अनुपस्थिती रहेता पनि खलिल अहमद, सन्दिप शर्मा र टि नटराजनले राम्रो प्रदर्शन गरेका छन्। राशिद खान उत्कृस्ट लयमा छन्। किफायती बलिंगसंगै महत्त्वपूर्ण विकेट लिएका राशिदले विपक्षी टोलिको मिडल अर्डरमा दबाब सिर्जना गर्नुपर्ने हुन्छ। मिडल ओभरमा राशिदको साथ दिन गुणस्तरीय भारतिय स्पिनरको कमि रहेको देखिन्छ। जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली प्रदर्शन गरेका छन्।

हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, जेसन होल्डर, प्रियम गर्ग, शाहबाज नदीम, विजय शंखर, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

पन्जाब :- प्रतियोगितामा खराब सुरुवात गरेको पन्जाबले सुरुवाती ७ खेलमा मात्र १ जित दर्ता गरेको थियो। पछिल्लो ३ खेलमा जित हात पार्दै पन्जाबले शिर्ष-४ मा पर्ने सम्भावना जिवित राखेको छ। खेलाडीहरुको उत्कृष्ट व्यक्तिगत प्रदर्शन बाबजुद निर्णायक मोडमा चुक्दा पन्जाबले हार बेहोर्नु परेको छ।

ओपनरद्वय कप्तान राहुल र मायाँक अग्रवाल उत्कृष्ट लयमा छन्। हालसम्म राहुल र अग्रवाल १० खेलमा ५४० र ३९८ रन बनाउदै अरेन्ज क्यापको दौडमा क्रमश: पहिलो र तेस्रो स्थानमा छन्। ‘युनिभर्सल बोस’ क्रिस गेलले मौका पाएको पछिल्लो ३ खेलमा जितमा अहम योगदान दिएका छन्। निकोलास पुरन राम्रो लयमा छन्। ग्लेन म्याक्सवेलको प्रदर्शन टिमको लागि चिन्ताको विषय बनेको छ जसले १० इनिंगमा मात्र ९० रन बनाउन सकेका छन्।

पन्जाबको कमजोर पक्ष डेथ ओभर बलिंग हो। हालसम्म अर्शदिप सिंह र मोहम्मद शामीको प्रदर्शन तारिफयोग्य छ। सिंहले पछिल्लो ४ खेलमा ६ विकेट लिएका छन् भने रन दिन पनि कन्जुसी गरिरहेका छन्। युवा लेग-स्पिनर रभी बिश्नोई र मुरुगन आश्विनले राम्रो प्रदर्शन गरेका छन्। ब्याटिंगमा फ्लप भएता पनि म्याक्सवेलले बलिंगबाट योगदान दिरहेका छन्। उनले पावरप्लेमा किफायती बलिंग गर्दा कप्तानसँग प्रशस्त बलिंग विकल्प रहने गर्छ।

पन्जाबको सम्भावित अन्तिम ११ : केएल राहुल (विकेटकिपर/कप्तान), मायाँक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्सवेल, दिपक हुडा, रभी बिस्नोइ, जेम्स निसम, मोहम्मद शामी, मुरुगन आश्विन, अर्शदिप सिंह

“सहज त्यति सहज छैन जस्तो सुनिन्छ” धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

पान्ड्या दाजु-भाईलाई दिए धोनीले आफ्नो जर्सी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy