बैंगलोरद्वारा दिल्लीलाई मध्यम लक्ष्य, कोलकातालाई नेट रन रेटमा पछि पार्न दुवै टिमले यस्तो गर्नुपर्छ

आईपीएल २०२० अन्तर्गत ५५ औं खेलमा सोमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउदै दिल्लीलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कलले सर्वाधिक ५० रन बनाए जुन क्रममा ४१ बलमा ५ चौका प्रहार गरे। लिगमा पडीक्कलको यो पाँचौ अर्धशतक हो। एबि डी भिल्लीयर्सले ३५, कप्तान बिराट कोहलीले २९ , शिभम दुबेले १७ तथा जोश फिलिप्पेले १२ रन बनाए।

देभदत्त पडीक्कलले अर्धशतक बनाए

२५ रनको ओपनिंग साझेदारी गरेपछि ओपनर फिलिप्पेलाई कागीसो रबाडाले पाँचौ ओभरमा क्याच आउट गराएका थिए। दोश्रो विकेटको लागि पडीक्कल र कोहलीले ५७ रनको साझेदारी गरे। १३ औं ओभरमा कोहलीलाई आश्विनले क्याच आउट गराए। आईपीएल करियरमा आश्विनले कोहलीको विकेट लिएको यो पहिलो पटक हो।

पडीक्कले त्यसपछि डी भिल्लीयर्ससंग ४० रनको साझेदारी गरे। १६ औं ओभरमा पडीक्कल र क्रिस मोरिसलाई नोर्कियाले पेभेलियन फर्काए।

डी भिल्लीयर्स र शिभम दुबेले त्यसपछि पाँचौ विकेटको लागि ३३ रनको साझेदारी गरे। १९ औं ओभरमा दुबेलाई रबाडाले क्याच आउट गराए भने २० औं ओभरमा डी भिल्लीयर्सलाई अजिंके रहानेले रन आउट गराए। सोहि ओभरमा नोर्कियाले इसुरु उडानालाई क्याच आउट गराए।

अन्तिम ५ ओभरमा बैंगलोरले ५ विकेट गुमाएर ४९ रन बनाउन सक्यो।

आश्विनले आईपीएल करियरमै पहिलो पटक बिराट कोहलीको विकेट लिए

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० र खर्चिए।  कागीसो रबाडाले २ विकेट ( ४-०-३०-२ ) तथा रभीचन्द्रन आश्विन ( ४-०-१८-१ ) ले १ विकेट लिए।  ड्यानीयल स्याम्स ( ४-०-४०-०) र अक्षर पटेल ( ४-०-३०-० ) विकेटविहिन रहे।

प्लेअफ छनौट हुने समीकरण 

रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट -०.१४५ , बाँकी खेल – दिल्लीसंग )

– दिल्लीलाई पराजित गरेमा बैंगलोर प्लेअफको साथै अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– दिल्लीसंग पराजित भएमा पनि छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ

–  कोलकातालाई नेट रन रेटमा जित्न दिल्लीले कम्तिमा १३४ रन बनाउनु पर्नेछ।

दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट -०.१५९ , बाँकी खेल बैंगलोरसंग )

– बैंगलोरलाई पराजित गरेमा दिल्ली प्लेअफ पुग्नेछ भने अंकतालिकामा दोश्रो स्थानमा समेत पुग्नेछ।

– बैंगलोरसंग पराजित भएको खण्डमा छनौट हुने सम्भावना अझै रहन्छ जसको लागि कोलकाता भन्दा नेट रन रेटमा अघि हुनु पर्छ।

– बैंगलोरले कोलकातालाई नेट रन रेटमा जित्न दिल्लीले कम्तिमा १७.३ ओभर ब्याटिंग गर्नुपर्नेछ।

यो पनि पढ्नुस 

आईपीएल २०२१ को लागि धोनीले बताए आफ्नो योजना

“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन

IPL प्लेअफ रेस : ३ स्थान, ४ टिम, २ खेल बाँकी, यस्तो छ प्लेअफ समीकरण





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]