सन्दीपले भने, ‘म निर्दोष छु’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्।

शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई दिने विश्वास व्यक्त गरेका छन्। बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन्।

सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन्। गत मंगलबा १७ वर्षीया किशोरीले बालात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy