मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

२०७४ पुष १७, सोमबार २०:३६

  • विकेटनेपाल,

मदन भण्डारी सपोर्टस एकेडेमीको संचालनमा ‘मदन भण्डारी क्रिकेट एकेडेमीको आज उद्घाटन भएको छ। पुर्व सभामुख सुभाषचन्द्र नेङवाङले सोमबार राजधानीको बानेश्वर स्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमीको उद्घाटन गरेका छन्।

रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले बलिंग र प्रमुख अतिथि नेङवाङले ब्याटिंग गर्दै एकेडेमीको उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै नेता नेम्बाङले नेपाली खेलाडीले सिमित श्रोत र साधनको बाबजुत दिलाएको उपलब्धी अतुलनिय रहेको बताए।

२ रोपनी जग्गामा बनेको एकेडेमीमा ३ वटा ढलान पिच रहेको छ। करिब २० लाख लागतमा तयार भएको एकेडेमीको मुख्य प्रशिक्षण रास्ट्रिय क्रिकेटर प्रदिप ऐरीले गर्नेछन्।

मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवासका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न त्रिकोणात्मक व्हिलचेयर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद ५० हजार सहित सम्मान गरेको थियो।

उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना,फुटबलर हरी खड्का,ओलम्पियन दिपक बिष्ट,एकेडेमीका महासचिव बचन देउजा,मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मालगायतको उपस्थिति रहेको थियो ।

रास्ट्रिय व्हिलचेयर टिमलाई सोहि कार्यक्रममा सम्मान गरिएको थियो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy