मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

  • विकेटनेपाल,

मदन भण्डारी सपोर्टस एकेडेमीको संचालनमा ‘मदन भण्डारी क्रिकेट एकेडेमीको आज उद्घाटन भएको छ। पुर्व सभामुख सुभाषचन्द्र नेङवाङले सोमबार राजधानीको बानेश्वर स्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमीको उद्घाटन गरेका छन्।

रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले बलिंग र प्रमुख अतिथि नेङवाङले ब्याटिंग गर्दै एकेडेमीको उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै नेता नेम्बाङले नेपाली खेलाडीले सिमित श्रोत र साधनको बाबजुत दिलाएको उपलब्धी अतुलनिय रहेको बताए।

२ रोपनी जग्गामा बनेको एकेडेमीमा ३ वटा ढलान पिच रहेको छ। करिब २० लाख लागतमा तयार भएको एकेडेमीको मुख्य प्रशिक्षण रास्ट्रिय क्रिकेटर प्रदिप ऐरीले गर्नेछन्।

मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवासका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न त्रिकोणात्मक व्हिलचेयर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद ५० हजार सहित सम्मान गरेको थियो।

उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना,फुटबलर हरी खड्का,ओलम्पियन दिपक बिष्ट,एकेडेमीका महासचिव बचन देउजा,मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मालगायतको उपस्थिति रहेको थियो ।

रास्ट्रिय व्हिलचेयर टिमलाई सोहि कार्यक्रममा सम्मान गरिएको थियो





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]