मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले प्रस्तुत गनुृ भएको आ.व.२०८०।८१ को बार्षिक प्रगति प्रतिवेदन अनुसार मधेश प्रदेशको पुरुष तर्फ दिवसिय अन्तर्गत खेलेका खेलेका ९ खेलमा ६ मा जित तथा ३ मा हार व्योहोरेको तथा टि २० अन्तर्गत २६ खेलमा १७ जित तथा ९ खेलमा हार व्योहोरेको जानकारी गराएका थिए त्यसैगरि महिला तर्फ ८ खेलमा ३ जित तथा ५ खेलमा हार व्योहोरेको जानकारी गराएका थिए ।

त्यसै गरि सचिव श्रेष्ठले पेश गरेका आ.व.२०८१।८२ को बार्षिक कार्यक्रम अनुसार मधेश प्रिमियिर लिगको आयोजना, ८ वटै जिल्ला बिच रातो बलले लामो क्रिकेटको प्रतियोगिता, उत्कृष्ट महिला तथा पुरुष खेलाडिलाई नगद सहित सम्मान लगायतको कार्यक्रम पेश गरेका थिए भने मधेश प्रदेशका क्यानले बाहेकका बढिमा ५ खेलाडिलाई जिविकोपार्जनका लागि तलवको व्यवस्थापन गर्ने र यस बर्ष प्रदेशबाट खेल्ने सम्पुर्ण खेलाडिलाई करार सम्झौता गरि अनुबन्धित गर्ने समेत कार्यक्रम पेश गरेका थिए ।

मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठ

कार्यक्रममा बोल्दै पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिश सिंहले मधेश प्रदेशमा ८ वटै जिल्लाले क्रिकेट खेल्ने भएको र उत्कृष्ट खेलाडिहरुले भरिएको समेत भएकोले नयाँ खेलाडिलाई आफनो दावेदारी पेश गर्न समेत कठिनाई पर्ने हुनाले यस बिषयमा नेपाल क्रिकेट संघले आवश्यक पहल गर्न तर्फ ध्यान दिनु पर्ने भन्दै आफनो जिकिर राखेका थिए ।

कार्यक्रममा बिरगंज महानगरपालिकाका नगर प्रमुखले ईलाइट कपलाई भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकि नराख्ने र पर्सा क्रिकेट संघले गर्ने कार्यलाइ नगरपालिका सदैव साथ रहेको जानकारी समेत गराउनु भएको थियो ।

त्यसै गरि कार्यक्रममा उपस्थित खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालले क्रिकेटको बिकासको लागि मधेश सरकार सदैव साथ रहेको र मधेश प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिबिधी संचालनका मधेश प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने जानकारी समेत गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, पर्साका अध्यक्ष मनिश सिंहले तथा नेपाल क्रिकेट संघका पुर्व सदस्य दाउद अन्सारी लगायतले आफना मन्तव्य राखेका थिए । मधेश प्रदेशका खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य मधेश प्रदेश क्रिकेट संघका सदस्य सत्रुघन साहले दिएका थिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy