क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

२०८१ फाल्गुन ३, शनिबार १९:२८

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित हुनु भएको छ।

धनगढीमा रहेको चैतन्य पाठशालाले क्रिकेट खेलमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई चैतन्य खेलकुद साधना सम्मान प्रदान गरेको हो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवाले उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

यसैगरी, ऐश्वर्य विद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझालाई २५ हजार पुरस्कारराशिको चैतन्य शिक्षा साधना सम्मान प्रदान गरिएको छ । यस्तै, साहित्यकार यज्ञराज उपाध्यायलाई २५ हजार पुरस्कारराशिको चैतन्य कला, संस्कृति तथा साहित्य साधना सम्मान प्रदान गरिएको छ ।

चैतन्यले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर साधना सम्मानसहित विभिन्न सम्मान प्रदान गरेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy