महायज्ञबाट संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ संचालन गरिएको धनधान्याचल महोत्सवमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ ।

आज (सोमबार) रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई संकलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ सय १९ रुपैंया ६८ पैसा रकम मध्य नगद संकलन भएको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैंयाको चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए ।

प्रदेश र स्थानिय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २ सय ६३ रुपैंया रकम उठ्न बाँकी छ । महायज्ञमार्फत २८ हजार दाताले रंगशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । उनले ७ बर्षदेखि १ सय २ बर्ष सम्मका नागरिकले दान गरेको बताए ।

महायज्ञमा निजी क्षेत्र,संघसस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख रुपैंया सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।
यस्तै प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानिय तहले पनि सहयोगको घोषणा गरेका थिए ।

प्रदेश सरकारले प्रदान गर्ने ३० करोड रुपैंया बहुबर्षिय टेण्डर प्रकृया अन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए । उनले महानगरपालिकाबाट प्रदान गर्ने रकमका सम्बन्धमा केही कानुनी जटिलता उत्पन्न भएकाले त्यसलाई सामाधान गर्दै रंगशाला निर्माणका लागि खर्च गरिने बताए ।

उनले दिल खोलेर दान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए । महायज्ञमा पाँच हजार भन्दा बढि दान गर्नेहरुको स्मारिका र अन्यको वेबसाइटमा नाम र रकम उल्लेख गरिने सुवेदीले बताए । उनले तत्काल समिति विघठन भइनसकेको भन्दै रकम उठाउन र रंगशाला निर्माणमा सहयोग पु¥याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिए ।

सो हस्तान्तरण कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाताहरुलाई महायज्ञमा बोले अनुसारको रकम सहयोग गर्न आग्रह गरे । उनले बन्दाबन्दीका कारण रंगशाला निर्माणको काम प्रभावित भएपनि भित्रभित्रै काम गरिरहेको बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, गिता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी लगाएतको उपस्थिति रहेको थियो ।

( साभार – नारायणीअनलाइन )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]