श्रीलंकाको प्रशिक्षक बन्न चाहदैनन् जयवर्द्धने

आईपीएल टिम मुम्बई इन्डीएन्सको मुख्य प्रशिक्षण गरिरहेका महेला जयवर्द्धनेले श्रीलंकन क्रिकेट टिमको मुख्य प्रशिक्षक हुन नचाहने बताएका छन्। मुम्बईलाई पाँचौ आईपीएल उपाधि जिताउन १ कदम मात्र टाढा रहेका जयवर्द्धनेले देशको लागि भने प्रशिक्षकको सेवा दिन भने कुनै चासो नदेखाएका हुन्।

जयवर्द्धनेले आफ्नो देशमा काम नगर्ने इच्छा व्यक्त नगर्नुको पछाडीको कारण श्रीलंकाको क्रिकेटमा हावी रहेको राजनीति हो।

“म त्यहाँ काम गर्न चाहन्छु जहाँ म सहज महसुस गर्छु।” जयवर्द्धनेले राष्ट्रिय टिमको प्रशिक्षक पद स्वीकार गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिने क्रममा बताए।

“तपाई मुम्बई इन्डीएन्सको कुरा गर्नुहुन्छ भने, उनीहरुले मलाई स्वतन्त्रता दिएका छन् र मेरो सुझावहरुलाई साथ दिएका छन्। त्यो महत्वपूर्ण कुरा हो र म त्यस्तो वातावरण चाहन्छु जहाँ म सहज महसुस गर्न सक्छु।”

श्रीलंका राष्ट्रिय टिमसंग काम गर्नु मुस्किल काम मानिन्छ। श्रीलंका क्रिकेट बोर्डले हालसम्म २ अन्तरिम प्रशिक्षक सहित ५ जना प्रशिक्षक नियुक्त गरिसकेको छ। जयवर्द्धने मात्रै हैन अन्य श्रीलंकन पूर्व क्रिकेटरहरुले पनि टिमको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

“म सधै भन्दै आएको छु हामीलाई उचित प्रणालीको आवस्यकता छ।

“तर हामीले त्यस्तो धेरै वर्ष देखि देखेका छैनौँ। मैले खेलबाट सिकेको कुरा म फिर्ता गर्न चाहन्छु तर म अव्यवसायिक व्यवस्थापनमा बस्न चाहन्न।” 

जयवर्द्धनेले २०१७ मा रिकी पोन्टिङलाई प्रतिस्थापन गर्दै मुम्बई इन्डीएन्सको प्रशिक्षक बनेका थिए। जारि सिजन मुम्बई समुह चरणको शिर्ष स्थानमा रहँदै प्लेफ पुगेको थियो भने पहिलो क्वालीफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भैसकेको छ।

“मैले सोचेको थिईन कि सन्यास पछि म यो काम गर्नेछु। तर म प्रत्येक पलको मजा लिईरहेको छु। आफूले यतिका वर्ष सिकेको कुराहरु खेलाडीहरुलाई दिन पाइरहेको छु। यो उत्कृस्ट फ़्रेन्चाइज् हो जहाँ निकै व्यवसायिक वातावरण छ।”

“मेरो प्रशिक्षण कालमा टिमले पाएको सफलतामा म निकै खुसि छु।” उनले थपे।

“पर्दा पछाडी धेरै कुराहरु भइरहेको हुन्छ, खेलाडीको अक्सन देखि हामि जहाँ छौ त्यहाँसम्म। हामि उपाधिबाट मात्र १ कदम टाढा छौँ। यसको श्रेय टिम मालिकको साथलाई जान्छ जसले खेलाडी, सपोर्ट स्टाफहरुलाई विशेषगरी मुस्किल समयमा साथ दिएका छन्।”

अन्तर्राष्ट्रिय क्रिकेटमा तिन वटा फर्म्याटमा २५ हजार रन बनाएका जयवर्द्धनेले १६ वर्ष विताएका थिए जुन क्रममा उनलाई चतुर क्रिकेटरको रुपमा चिनिने गरिन्थ्यो।

“यो स्तरमा प्रशिक्षण गर्नु भनेको व्यवस्थापन गर्नु हो। खेलाडीहरुलाई उत्कृस्ट खेल्नको लागि वातावरण तयार गर्नु हो।” उनले बताए।

“धेरै कुरा पर्दा पछाडी हुनेगर्छ जस्तै प्रत्येक खेलको अगाडी खेलको रणनीति बनाउने काम, प्रत्येक बिपक्षी खेलाडीको लागि।”

जयवर्द्धनेले वर्तमान परिस्थितिमा खेल्नु चुनौतीपूर्ण रहेको बताए – “हामि क्वारेन्टाइन अवधि सहित,  ८ हफ्ता देखि घेरामा बसीरहेका छौँ र यो निकै मुस्किल थियो। तर अहिले यो कुरामा हामिलाई बानि परिसकेको छ।”

फाइनल खेलबारे बोल्दै उनले जुनसुकै प्रतिद्वन्द्वी भएता पनि आफ्नो टिम उपाधि रक्षा गर्न तयार रहेको विश्वास व्यक्त गरे –

“उनीहरु ( दिल्ली र हैदरावाद ) ले छुट्टै किसिमको चुनौती दिने गर्छन् तर हामि त्यो चुनौती स्वीकार गर्न र उपाधि रक्षा गर्न तयार छौँ।”

( साभार – सन्डेटाईम्स )

https://wicketnepal.com/ipl-dc-vs-srh-2nd-qf-report-wn20/

https://wicketnepal.com/warnar-react-after-loss-vs-dc-1st-qf-wn20/

https://wicketnepal.com/pak-2nd-t20i-win-vs-zim-wn20/

https://wicketnepal.com/sehwag-about-kohli-captain-rcb-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy