डिपिएल फाइनल: अनुभवी शरदलाई युवा दिपेन्द्रको चुनौती

धनगढी, फाल्गुन १० | तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा शनिबार शरद भेसावाकर कप्तानीको महेन्द्रनगर युनाइटेड र दिपेन्द्र ऐरी कप्तानीको सिवाइसी अत्तरिया भिड्ने भएका छन्।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने फाइनल खेलमा सुदुरपश्चिमकै दुई टिम प्रतिस्पर्धा गर्ने र घरेलु दर्शकको पनि राम्रो उपस्थिति हुन सक्ने भएकाले खेल रोमान्चक हुने आशा गरिएको छ।

फाइनल खेल शनिबार दिउसो १२:३० बजेदेखि सुरु हुनेछ। सर्वाधिक धनराशि पुरस्कार रकम रहेको प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछ।

बुधबार भएको पहिलो क्वालिफायर खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा पुगेको हो।

अर्कोतिर बिहिबार भएको इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्स बिरुद्द १ रनको रोमान्चक जित निकाल्दै महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित काठमान्डौसँगको भिडन्त पक्का गरेको थियो। तर दोश्रो क्वालिफायर ठिक अगाडी आफ्नो मुख्य बलर अंकित दबासलाई बलिंग गर्न प्रतिबन्ध गरेको भन्दै काठमाण्डौले प्रतियोगिता बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो।

फाइनल अघि दुबै कप्तान उपाधी जित्न उत्साहित रहेको बताएका छन्। पहिलोपल्ट घरेलु फ्रेन्चाईज लिगको फाइनलमा कप्तानी गर्न लागेका दिपेन्द्र ऐरीले यो अवसरलाई अविस्मरणीय बनाउन चाहन्छन्। “हामि फाइनलको लागि उत्साहित छौं। लिग चरण र क्वालिफायरमा राम्रो खेल्यौं, अब एक खेलमा यसैलाई निरन्तरता दिन चाहन्छौं” ऐरीले भने।

अर्कोतर्फ घरेलु फ्रेन्चाईज लिगमा सधै फाइनलमा पुग्ने शरदले बिपक्षी भन्दापनि आफ्नो टिमको बलियो पक्षमा ध्यान दिने बताए। “उनिहरुको टिम अबश्य राम्रो छ, उपाधी कुनै एक टिमले जित्ने हो। र जित्नको लागि बलियो टिमलाई हराउन पर्ने हुन्छ” शरदले भने।

लिग चरणमा प्रदर्शन

सिवाइसी अत्तरिया: 

दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर तथा फिल्डिंग बादशाह जोन्टी रोड्सको मेन्टरसिप र दक्षिण अफ्रिकाकै रायन मेरोनको प्रशिक्षणमा रहेको अत्तरियाले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गर्दै सुरुवात गरेको थियो। दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको उसले तेस्रो खेलमा महेन्द्रनगर युनाइटेडसँग ७ विकेटले पराजित भएको थियो।

यस्तै चौथो खेलमा बिराटनगर किंग्सलाई १० रनले तथा पाचौं खेलमा काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको थियो। यो सँगै अत्तरियाले ४ खेलमा जित र १ हार सहित ८ अंकका साथ लिग चरणको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा छनौट भएको थियो।

महेन्द्रनगर युनाइटेड:

महेन्द्रनगरले भने लिग चरणमा १ खेल जितेर १ खेलमा हार व्यहोर्दा २ खेल बर्षाले रद्द भएपछी ४ अंकसहित लिग चरणको समाप्तीमा चौथो स्थानमा रहँदै प्ले-अफको यात्रा गरेको हो।

उसले पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग २ रनको तथा काठमाण्डौ गोल्डेन्ससँग ७ रनले हार व्यहोर्दा बिराटनगर किंग्स र धनगढी स्टार्स बिरुद्दको खेल बर्षाले रद्द भएका थिए। तर अत्तरियासँगको बर्षाले प्रभावित भएपछी ६ ओभरमा झारिएको लिग चरणको खेलमा ७ विकेटको निकाल्दै टिमले पहिलो जित निकालेको थियो। उक्त जित नै महेन्द्रनगरलाई प्लेअफमा पुर्याउन पर्याप्त रह्यो।

मुख्य खेलाडी

सन्नी पटेल (अत्तरिया): यसअघि समेत नेपालको घरेलु प्रतियोगिताहरुमा महत्वपूर्ण प्रदर्शन गर्दै आएका पटेल फाइनल खेलमा पनि महत्वपूर्ण साबित हुन सक्छन्। उनले प्रतियोगितामा सर्बाधिक १५५ रन बनाएका छन्। विराटनगर बिरुद्द सर्वाधिक अविजित ६१ रनको पारि समेत खेलेका उनले ५१.६६ को औसत र १४२.२० को स्ट्राइक रेटमा ब्याटिंग गरेका छन्।

बलिंगतर्फ पनि उनको प्रदर्शन बिपक्षीको लागि भारि हुने गरेको छ। मुख्यतः टिमलाई विकेटको आबश्यकता परेको अवस्थामा आक्रामक गर्ने उनले ६ पारीको २१.४ ओभरमा ४.८४ को इकोनोमीमा बलिंग गर्दै ८ विकेट समेत लिएका छन्। पटेलले काठमाण्डौ बिरुद्दको पहिलो क्वालिफायर खेलमा सर्बश्रेष्ठ ३ विकेट लिएका थिए।

दिपेन्द्र ऐरी (अत्तरिया):

सन्नी पटेललाई साथ दिँदै अत्तरियाका कप्तान ऐरीले पनि प्रतियोगितामा १५१ रन बनाइसकेका छन्। उनले विराटनगर बिरुद्द सर्बाधिक ६७ रन बनाएका थिए। त्यस्तै बलिंगतर्फ पनि ६ पारीमा किफायती बलिंग गर्दा ३.२२ को इकोनोमीमा ८ विकेट लिएका छन्। उनले रुपन्देही बिरुद्द सर्वश्रेष्ठ २ विकेट लिएका थिए।

सागर ढकाल (महेन्द्रनगर):

देब्रे हात स्पिनर ढकालले प्रतियोगिता अन्तर्गत ५ खेलमा १७ ओभर बलिंग गर्दै १ मेडन सहित ९ विकेट लिएका छन्। उनी बर्षाले प्रभावित भएपछी ६ ओभरमा झारिएको महेन्द्रनगरको लिग चरणमा हात पारेको एकमात्र जितमा प्लेयर अफ द म्याच घोषित भएका थिए। उक्त खेलमा उनले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर अत्तरियाका मुख्य खेलाडी सन्नी पटेल र जयकिशन कोल्सावालाको विकेट लिएका थिए।

अभिनास बोहरा (महेन्द्रनगर):

पछिल्लो समय नेपालको राष्ट्रिय टिमबाट समेत खेल्दै चर्चा बटुलेका बोहरा जारि प्रतियोगितामा उत्कृस्ट फर्ममा छन्। उनले महेन्द्रनगरलाई दोश्रो क्वालिफायरमा पुर्याउनको लागि रुपन्देही च्यालेन्जर्स बिरुद्दको इलिमिनेटर खेलमा अन्तिम ओभरमा ५ रन रोक्दै खेल जिताएका थिए। उनि नेपालले केहि समय अगाडी नेपालले युएई बिरुद्द हात पारेको ऐतिहासिक टि२० सिरिज जितमा प्लेयर अफ द सिरिज घोषित भएका थिए।

जारि प्रतियोगितामा बोहराले ५ खेलमा ६ भन्दा कमको गतिमा रन खर्चेर ७ विकेट लिएका छन्। मुख्यतः उनले डेथ ओभरमा बलिंग गर्ने गर्छन्।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]