महेन्द्रनगरको पहिलो जित, प्लेअफ सम्भावना जीवित

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ। यो संगै महेन्द्रनगरले प्रतियोगितामा पहिलो जित निकाल्यो।

प्रतियोगितामा पहिलो जित निकालेको महेन्द्रनगरको यसअघि २ खेल बर्षाले रद्द भएपछी जम्मा ४ अंकसहित चौथो स्थानमा उक्लेको छ। ३ खेलबाट ५ अंक रहेको काठमाण्डौ र समान ३ खेलबाट समान ४/४ अंक भएका अत्तरिया र रुपन्देही क्रमश: तेस्रो र चौथो स्थानमा छन्। पाचौं स्थानमा रहेको विराटनगरको ४ खेलबाट ४ अंक छ।

सिवाईसी अत्तरियाले प्रस्तुत गरेको ५५ रनको लक्ष्य महेन्द्रनगर युनाइटेडले २ बल अगावै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। महेन्द्रनगरका लागि १.४ ओभरमा सुब्रमन्यम आनन्द र मोहम्मद नाविदले १४ रनको साझेदारी गरे। नाविद एक छक्का प्रहार गरेर आउट भए।

आनन्दले शरद भेसावकरसँग १३ रनको साझेदारी गरेपछि शरदपनि ५ रनमा पेभेलियन फर्किए। तेस्रो विकेटको रुपमा आनन्द पनि १७ रन (२ चौका, १ छक्का) को व्यक्तिगत स्कोररमा आउट भए। ३ विकेटको क्षतिमा महेन्द्रनगरले ३२ रन बनाएको थियो।

चौथो विकेटको लागि आरिफ शेख र कुशल मल्लले २.२ ओभरमा अविजित २३ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारे। आरिफले ७ बलको सामना गर्दा १ चौका र १ छक्का सहित १५ रन तथा कुशलले ८ बलमा ६ रन बनाए।

अन्तिम ओभरमा जितको लागि २ रन आबश्यक रहेपछि सन्नी पटेलले सुरुवाती २ बलमा कुशल मल्ललाई कुनैपनि रन नदिंदा खेल रोमान्चक अवस्थामा पुगेको थियो। तेस्रो बलमा कुसलले १ रन र चौथोमा आरिफले १ प्रहार गरे। बलिंगतर्फ भुवन कार्कीले १ ओभरमा २ विकेट लिंदा १८ रन खर्चिए। १ विकेट दिपेन्द्र रावतको नाममा रह्यो।

बर्षाले गर्दा ६ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको अत्तरियाले ५ विकेटको क्षतिमा ५४ रन बनाएको छ। उसका लागि ओपनिंग गर्न आएका सन्नी पटेल र जयकिशल कोल्सवालाले २.४ ओभरमा ३० रनको साझेदारी गरे। पटेलले १९ रन (११ बल, २ छक्का) र कोल्सवालाले १० रन (६ बल, १ छक्का) बनाए।

तेस्रो ओभरको अन्तिम दुई बलमा दुबै ओपनिंग ब्याट्सम्यानलाई सागर ढकालले आउट गरे। सागरले एक ओभर बलिंग गर्दै ९ रन दिएर २ विकेट हात पारे।

त्यसपछि सन्दिप जोरा ४ रन (६ बल) र कमल ऐरी एक बल खेल्दै शुन्य रनमा अभिनास बोहराले गरेको पाचौं ओभरको पहिलो र तेस्रो बलमा आउट भए। कप्तान दिपेन्द्र ऐरी पनि पाचौं विकेटको रुपमा शरद भेसावकरको बलिंगमा ४७ रनको योगफलमा आउट भए। उनले ७ बलमा १ चौका सहित १० रन बनाए।

भुवन कार्की (३ बल) र रित गौतम (२ बल, १ चौका) समान ४ रनमा अविजित रहे।

सागर ढकाल प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]