महेन्द्रनगरसंग पराजित हुँदै अत्तरिया बाहिरियो, दोश्रो इलिमिनेटरमा गोल्डेन्ससंग भेट

  • विकेटनेपाल, चैत २७

महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। मंगलबार भएको इलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको हो। योसँगै महेन्द्रनगरले दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ। इलिमिनेटरमा पराजित अत्तरिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा महेन्द्रनगर युनाइटेडले पहिले ब्याटिंग गर्दै दिएको१ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरिया निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमा सीमित रह्यो। अत्तरियाका लागि सुवास खकुरेलले ३०, विपिन चन्द्राले २८ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे। महेन्द्रनगरका रोबिन क्षेत्रीले २ विकेट लिए।

Robeen Chhetri
Robeen Chhetri ( Man of the Match )

एक दमय ५६ रनको स्कोरमा ३ विकेट गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरी र बिपिन चन्द्राले चौथो विकेटको लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर सय रन पार गराएका थिए। १८ औं ओभरको चौथो बलमा दिपेन्द्र ऐरीलाई करन केसीले रन आउट गरेपछि खेल महेन्द्रनगरको पक्षतिर गएको थियो।

अन्तिम २ ओभरमा अत्तरियालाई जितको लागि २३ रन आवस्यक हुँदा १९ औं ओभर बलिंग गर्दै करन केसीले मात्र ३ रन खर्चिएपछि अन्तिम ओभरमा जितको लागि २० रन चाहिएको थियो। अन्तिम ओभरमा पुनित बिस्टले पनि ४ रन मात्रै खर्चिंदा खेल महेन्द्रनगर युनाइटेडले १५ रनले जित्यो।

दिपेन्द्र ऐरी र बिपिन चन्द्राले ५० रनको साझेदारी गरे

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो। महेन्द्रनगरका लागि आरिफ सेखले ३५ रन बनाए। ३७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। यस्तै, पुनित मेहराले २६, करण केसीले २४ रनको पारी खेले। १३ बल खेलेका करणले ३ चौका र १ छक्का प्रहार गरेका थिए। बलिङमा अत्तरियाका कमलसिंह ऐरीले २ तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले समान १ विकेट लिए।

खेलको म्यान अफ द म्याच सुबास खकुरेल र गौरभ चित्काराको विकेट लिएका देब्रे हाते स्पिनर रोबिन क्षेत्री घोषित भए जसले रु. १० हजार प्राप्त गरे। उनले ४ ओभरमा १६ खर्चिए।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]