महेश क्षेत्री सम्मानित

२०७४ मंसिर १६, शनिबार ०७:१०

  • विकेटनेपाल, १६ मङ्सिर

रास्ट्रिय क्रिकेटर महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स अनरबाट शुक्रबार सम्मानित भएका छन्। नेपालगन्जमा जन्मिएर नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएकोमा क्रियटिभ ह्यान्ड्सले क्षेत्रीलाई सम्मान गरेको हो।

सम्मान सहित महेशले सुजुकीको स्कुटर र अवार्ड समेत प्रदान गरिएको छ।

मध्य तथा सुदुर पश्चिम क्षेत्रबाट खेल करियर सुरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपुर्ण सफलता हाँसिल गरेका खेलाडीलाई क्रियटिभ ह्यान्डसले अवार्ड प्रदान गर्दै आएको छ। यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापालाई स्कुटरबाट सम्मान गरेको थियो।

सम्मानित भएपछि प्रतिक्रिया दिदै क्रिकेटर क्षेत्रीले आफुले खेलजिवनमा पाएको सबै भन्दा ठुलो सम्मानको रुपमा व्याख्या गर्दै आयोजक संस्था क्रियटिभ ह्याण्ड्सलाई धन्यवाद दिए । आफुले खेल जिवनमा ठुलो संघर्ष गरेको बताउदै उनले यस प्रकारको सम्मानले आफुमा उर्जा प्राप्त भएको उल्लेख गरे –

“खेल जिवनमा मैले ठुलो संघर्ष गरेको छु । निकै दुख पाएको छु तर आज सम्मानित हुदाँ निकै उर्जा प्राप्त भएको छ । देशका लागि अझै मेहनत गर्नेछु ।”

क्षेत्री घरेलु क्रिकेटमा नेपाल आर्मी क्लबको लागि खेल्ने गर्छन्।

क्रिकेट करियर नेपालगंजबाट सुरु गरेका महेशले सन् २००५ मा नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका थिए भने सन् २००६ को मलेसियामा सम्पन्न एसीसी ट्रफीमा पहिलो पटक नेपाली टिमको प्रतिनिधित्व गरेका थिए।

रास्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान महेश पछिल्लो समय नेपाली टिममा स्थान बनाउन संघर्ष गर्दै आएका छन्। सन् २०१० मा नेपाली टिमले डिभिजन-५ प्रतियोगिता जित्दा नेपाली टिमका महत्वपूर्ण सदस्य रहेका क्षेत्री प्रशिक्षक पुबुदु दासानायकेको आगमन पछि नेपाली टिममा अनियमित रहँदै आएका छन्। अन्तिम पटक २०१५ को आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड बिरुद्ध महेशले रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy