महिला प्रधानमन्त्री कप क्रिकेट आज देखि

Sonu Khadka

दाङको लमहीमा आज प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता सुरु हुँदैछ। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता पुष ११ देखि १९ गतेसम्म संचालन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा विहान ९ बजे लुम्बिनी र प्रदेश-२ तथा आजै दोश्रो खेलमा दिउसो १ बजे एपीएफ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विभागीय टोलि तथा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बल ( एपीएफ ) र ७ प्रदेश गरि कुल ८ टिम सहभागी छन्।सहभागी टिमहरुलाई दुईवटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ), प्रदेश-२, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समुह ‘बि’ मा सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ रहेका छन्। लिग चरणमा समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट हुने २-२ वटा टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेल्दिले २१ हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सगरमाथा सिमेन्टले मुख्य प्रयोजन गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रशारण टेलिभिजनमा याक्सन स्पोर्ट्सले गर्नेछ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]