महिला प्रधानमन्त्री कप : सगरमाथा सिमेन्ट मुख्य प्रायोजक

पुष ११ गते शनिवार देखि दाङको लमहीमा सुरु हुने महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिताको मुख्य प्रायोजन सगरमाथा सिमेन्टले गर्ने भएको छ।

नेपाल क्रिकेट संघले प्रतियोगिता सुरु हुने एक दिन अघि मात्र प्रायोजन सम्झौता गरेको हो। क्यानले सम्झौता बापत समरमाथा सिमेन्टले दिने रकम भने सार्वजनिक गरेको छ।

विकेटनेपाललाई क्यान श्रोतबाट जानकारी भए अनुसार सगरमाथाले मुख्य प्रयोजनबापत ५ लाख रुपैयाँ क्यानलाई दिनेछ।

घोराही सिमेन्टको सगरमाथा सिमेन्टले क्रिकेट प्रतियोगिताहरुमा यस अघि पनि प्रायोजन गर्दै आएको छ। यस अघि धनगढीमा सम्पन्न  २०७४ सालको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा पनि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको थियो। यस्तै सगरमाथा धनगढी प्रिमियर लिगमा पनि मुख्य प्रायोजक रहीसकेको छ। यस्तै एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीएटर्समा घोराही सिमेन्टको स्वामित रहेको छ।

यस अघि बिहिबार क्यानले प्रधानमन्त्री कप पुरुष र महिला दुवै प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न डीश होम मेडिया नेटवर्कको याक्सन स्पोर्ट्स च्यानलसंग सम्झौता गरेको थियो। उक्त सम्झौता बापत डीश होमले क्यानलाई दिने रकम पनि सार्वजनिक गरिएको छैन।

महिला प्रधानमन्त्री कपमा ७ प्रदेश तथा विभागीय टोलि एपीएफ गरि कूल ८ टोलि सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिवार विहान ९ बजे लुम्बिनी र प्रदेश नम्बर-२ ले तथा दिउसो १ बजे एपीएफ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँमा आयोजना हुने बताइएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता यस अघि पुष ११ गते सुरु हुने बताईएको भएता पनि विविध कारणले २ साता ढिला सुरु हुने बताईएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy