महिला राष्ट्रिय टिम मलेसिया प्रस्थान

Nepal Women's Cricket Team

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।

नेपालले टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाइ गरिएको हो ।

खेलाडीलाई क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाइ गरे । नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसीसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ ।

सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो । नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ ।

पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ । फाइनल खेल अगस्ट २६ मा हुनेछ । क्यानले टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।

भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीबार मात्रै रुविनाको नेपाली टोली घोषणा गरिएको हो । खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् ।

बिदाइका अवसरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले इन्डोर अभ्यासमा पनि राम्रो तयारी गरेको बताईन्। रुविनाले मलेसियामा अभ्याससँगै टी–२० श्रृंखला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने र अहिले क्यानले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त गरेकाले त्यसको फाइदा लिने विश्वास व्यक्त गरिन् ।

उनले यो श्रृंखलाबाट खेल जिताउन सक्ने नयाँ युवा खेलाडी निस्किने समेत आशा व्यक्त गरिन् । नयाँ प्रशिक्षक देविका पेल्सिकरको प्रशिक्षणमा नयाँ प्रतिभा निस्किने कप्तान रुविनाले विश्वास व्यक्त गरिन् ।

नेपाली क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता रानामगरले नयाँ प्रशिक्षकबाट आफूहरूले प्रतिष्पर्धा अगाडि नै सबैको भुमिका पाएको र यो श्रृंखलाबाट विश्वकपको तयारी पनि राम्रो हुने विश्वास व्यक्त गरिन् ।

कप्तान रुविना क्षेत्री र आफू करियरको अन्तिम समयतिर रहेकाले यो विश्वकप छनोट चरण आफूहरुका लागि अन्तिम अवसर रहेको समेत सीताले बताईन्। नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक सामसङ्ग जंग थापाले यस पटक विश्वकप छनोट यात्रा सुखद् हुने विश्वास व्यक्त गरे ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]