राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

२०८० मंसिर २४, आईतवार १२:४४

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन महिला क्रिकेट टिमको विदाई गरिएको छ।

यसै वर्ष बैशाखमा नेपालमा आयोजित इन्डो-नेपाल सिरिजको निरन्तरता स्वरूप भारतको मुम्बईमा ५ खेलको टि-ट्वान्टी सिरिज आयोजना हुन लागेको हो।

प्रतियोगिताको लागि गत वर्ष चैत्रमा पोखरामा सम्पन्न बन्द प्रशिक्षणबाट टिम चयन गरिएको छ। गोदावरीमा नवनिर्मित प्रशिक्षण केन्द्रमा टिमले एक साता प्रशिक्षण गर्दै प्रतियोगिताको तयारी गरेको थियो।

गिता पौडेलको कप्तानी तथा विनिता पुनको उपकप्तानीमा मैदान उत्रने नेपालीटोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रजु, प्रशिक्षकमा नहेन्द्र निरौला र टोली व्यवस्थापकमा ज्योति केसी छन्।

विदाई कार्यक्रममा समावेशी क्रिकेट प्रशिक्षण केन्द्रको उद्घाटन समेत गरिएको थियो। उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनको प्रमुख अतिथि , गो.न.पा वडा नं ५ का अध्यक्ष मिलन सिलवाल, राष्ट्रिय क्रिकेटर शरद भेसावकर, नेपाली राइनेज क्रिकेट क्लवका प्रतिनिधिहरु, युएनडीपी का प्रतिनिधिको उपस्थिति थियो।

सिरिजमा सहभागी हुने नेपाली टिम 

१. प्रतिभा राई , २. इसरा माया लुङ्गगेलि , ३. मुना अर्याल , ४. पुनम कुमारी चौधरी , ५. सृजना परियार , ६. गिता पौेडेल , ७. विनिता सोमाइ , ८. कान्ती चौधरी , ९. सरिता घिमिरे , १०. सिता डगौरा , ११. मनकेशी चौधरी , १२. विमला राई , १३. निशा डगौरा , १४. दिल्लीशरा धमला , १५ उजेलि थारु , १६. विनिता पुन ( १७. रिजन प्रजु–प्रमुख प्रशिक्षक , १८. नहेन्द्र निरौला– सहायक प्रशिक्षक , १९. ज्योति के. सी–व्यवस्थापक )

२०. पवन घिमिरे–व्यवस्थापक , २१. सागर लामा–व्यवस्थापक

शरदको सहकार्यमा नेपाली राइनोजद्वारा क्रिकेट सुज सहयोग तथा इन्ट्युसन क्लास 

विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेटर शरद भेसावकरको सहकार्यमा नेपाली राइनोज क्रिकेट क्लवले क्रिकेट सुज प्रदान गर्यो। यस्तै राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टिमलाई आर्ट अफ लिभिंग इन्ट्युसन क्लास समेत लिईएको छ। कार्यक्रममा बोल्दै भेसावकरले भविष्यमा नेत्रहिन महिला विश्वकपको आयोजना गर्न समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy